जोसेफ खेल सप्ताह २०७५ (फोटो फिचर)



२५ माघ २०७५, काठमाडौं

आज जोसेफ मा.वि. बूढानीलकण्ठ १०, मिलनचोक तथा ई.जोसेफ पब्लिक स्कुल महांकाल शान्तिनगरमा ‘जोसेफ खेलकुद सप्ताह २०७५’ सुरु भएको छ ।

बालबालिकाको, शारीरिक तथा मानसिक विकासको लागि सदैव समर्पित यस स्कुलले विगत २० वर्ष देखि गुणात्मक शिक्षाका साथै बालबालिकाहरुको चौतर्फी विकास होस् भन्ने उद्देश्यले आज काठमाण्डौ खेलकुद विकास समन्वय समितिका अध्यक्ष श्री धुर्वराज न्यौपानेज्यूको प्रमुख आतिथ्यमा कार्यक्रमको समुद्घाटन गरियो ।

सो अवसरमा खेलकुदको महत्व राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुदको विकास र त्यसबाट जीवन स्तरमा पार्ने सकारात्मक प्रभाव बारे प्रमुख अतिथिले प्रकास पार्दै शुभकामना दिनु भएको छ भने कार्यक्रमका सभापति तथा जोसेफ स्कुलका प्रिन्सिपल सूर्य बहादुर अधिकारीले बालबालिकालाई शुभकामना दिँदै अनुशासित र मर्यादित भई एकहप्तासम्म पूर्ण मनोरञ्जनका साथ खेल्नका लागि शुभकामना प्रदान दिनुभएको थियो ।

खेलकुद शिक्षक आशिष अधिकारी र अन्तराष्ट्रिय कंराते खेलाडी रोहित बुढाथोकी लाई प्रमुख अतिथिले सम्पूर्ण खेलकुद सामग्री प्रदान गर्नुका साथै विभिन्न खेलका संयोजकहरुलाई समूहको लोगो सहित झण्डा प्रदान गरियो । विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा पनि प्रस्तुत गरेका थिए ।

छोटो समयमा निकै उत्कृष्ट र भव्यताका साथ कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्