मानवअधिकार कार्यशाला सम्पन्न



२२ माघ २०७५, काठमाडौँ

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानवअधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “युवा मानव अधिकार विषयक” कार्यशाला युथ एड्भोकेसी नेपाल र ईन्सेकको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा सम्पन्न भयो ।

कार्यक्रममा मानवधिकारको अवधारणा, यसको विकासक्रम, यसका सिद्धान्त, संवैधानिक तथा कानुनी प्रावधान लगायतको विषयमा युवा मानवअधिकारकर्मी विनय कार्की र तिर्थराज कोईरालाले विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए । कार्यशालामा विद्यार्थीहरुले मानवअधिकारसँग सम्बन्धीत विभिन्न भनाई तथा जिज्ञासा राखेका थिए ।

कार्यशालामा युवाहरु मानवअधिकारको आन्दोलनमा सक्रियरुपले लाग्नु पर्ने ईन्सेकका प्रतिनिधि कृष्ण गौतमले वताए । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेमा गौतमको जिकिर थियो ।

अधिकारको दावा गरी अभ्यास गर्नका लागि प्रत्येक व्यक्तिले उनीहरुको अधिकारको विषयमा जानकारी हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । विद्यार्थीहरुलाई मानवअधिकारको विषयमा शिक्षा प्रदान गर्न आगामी दिनमा विभिन्न कलेजमा कार्यशाला आयोजना गरिने योजना रहेको खतिवडाले जानकारी दिए ।

कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका शिक्षक सुदिप लामाले विद्यार्थीहरुलाई मानवअधिकारको सम्मान, संरक्षण तथा परिपुर्तीमा सक्रिय रुपले सहभागि हुन पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्