एक किसानले हजार किलोको फर्सी फलाएर राखे विश्व किर्तीमान (भिडियो सहित)



सनफ्रान्सिस्काको अमेरिकामा भएको फर्सी प्रतियोगितामा एक किसानले १ हजार ७० किलोको फर्सी फलाएर विश्व किर्तीमान राख्न सफल भएका छन् ।

उक्त प्रतियोगिता ल्याईएको फर्सीले अमेरिकाको इतिहासमै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको हो । सो फर्सी विश्वमा अहिलेसम्मकै फलेको दोश्रो ठूलो फर्सी बनेको समेत जनाईएको छ ।

४४ औँ 44th world championship pumpkin weigh-off मा प्रदर्शित उक्त फर्सी जोएल होल्लार्ड नामक किसानले फलाएका हुन् । फर्सी प्रतियोगितामा उनको यो सातौँ जित भएको समेत बताएका थिए ।

फर्सी फलाउने होल्लार्ड नामक किसानले २३६३ पाउण्ड तौल फर्सीको प्रति पाउण्ड बराबर अमेरिकी डलर रु ७ का दरले १६५४१ डलर पुरस्कार पाए ।

विश्वमा अहिलेसम्म फलेको सबैभन्दा वजनदार फर्सी चाहीँ बेल्जियमको हो । बेल्जियमका किसान माथाइस विलेमिज्नसले गत वर्ष ११९० किलो तौलको फर्सी फलाएर उक्त पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्