टी–२० सिरिज विजेता नेपाली टोलीलाई उपराष्ट्रपति पुनको सम्मान तथा बधाई !



२१ माघ २०७५, काठमाडौं

यूएईमा टी–२० सिरिज जित्ने नेपाली टोलीलाई उपराष्ट्रपति नन्द बहादुर पुनले बधाई, शुभकामना तथा सम्मान व्यक्त गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले एक प्रेस नोट जारी गर्दै बताएका छन् ।

उपराष्ट्रपति पुनले नेपाली क्रिकेटमा एउटा नयाँ आयाम थपिएको कुरा अवगत गराउँदै नेपाली टोलीका प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कालाई विशेष धन्यवाद ब्यक्त गरेका छन् ।

त्यसैगरि अन्तराष्ट्रिय स्तरमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने नेपालका खेलाडी रोहित कुमार पौडेल तथा टी–२० क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोराप्रति पनि विशेष खुशी ब्यक्त गरेका छन् ।

नेपालका सिमित श्रोत र साधनको बाबजुद पनि नेपालले गरेको यो प्रगति सराहनीय भएको उनको भनाई छ ।

प्रेस नोट !

प्रेस नोट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् !

 

प्रतिक्रिया दिनुहोस्