सालको पात पछि दोहोरीमा अर्को तहल्का : छोटो समयमा लोकप्रिय बन्दै फुलमती (भिडियो सहित)



१६ माघ २०७५, काठमाडौं

नेपाली सांगीतिक बजारमा सालको पात टपरी हुने बोलको गीतले चर्चा बटुल्दै गर्दा यतिबेला अर्को गीतले तहल्का मच्चाउन थालेको छ। बालकृष्ण श्रेष्ठ र पूर्णकला विसीको स्वरमा सजिएको फुलमती बोलको गीत चर्चा बटुल्दै बजारमा आएको छ ।

पछिल्लो समय दोहोरी गीतले बेग्लै स्थान बनाउन सफल बनिरहेको समयमा उक्त गीतले पनि सांगीतिक बजार तताउने आँकलन गर्न सकिन्छ। गीतमा कुशल बेलबासेको शब्द रहेको छ भने बालकृष्ण आफैले संगीत भरेका छन् ।

https://youtu.be/f3fjXCpMSEk

मारुनी डिजिटल स्टुडियो मा रेकर्ड र चन्द्र सुर्य फिलिम प्रा. लि. बाट म्युजिक भिडियो बनाएको उक्त गीतमा यासराज र अनु शाहको सुन्दर र उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ ।

चन्द्र सुर्य फिलिम प्रा. लि कै युट्युव च्यानल मार्फत युट्युवमा सार्वजनिक गरिएको गीतले ११ दिन भित्रैमा धेरैको मन जित्न सफल बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्