काठमाडौंमा ‘मिडिया महाकुम्भ मेला २०१९’ हुँदै



०९ माघ २०७५, काठमाडौं

‘मिडिया महाकुम्भ मेला’ अर्थात ‘मिडिया कम्युनिकेसन र एडभर्टाईजिङ एक्स्पो २०१९’ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

एकेडमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्ट र राष्ट्रिय मिडिया प्रतिष्ठान तथा अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा आउदो चैत्र २९ देखि २०७६ वैशाख १ सम्म हुने ‘मिडिया महाकुम्भ मेला’ आयोजना हुने प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको थियो ।

उक्त तीन दिने मेला नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय, नेपाल पत्रकार महासंघ, मिडियासँग सम्बन्ध राख्ने संघसंस्थाहरु, नेपाल उद्योग वाणिज्य महासंघ, लगायत नेपालका विभिन्न व्यवसायिक संघसंस्थाहरुको सहकार्यमा हुनेभएको हो ।

‘मिडिया महाकुम्भ मेला २०१९’ को प्रेस बिज्ञप्ति

‘मिडिया महाकुम्भ मेला’ आयोजक डम्बर शाहूले मिडियामार्फत् देशमा सुशासन कायम, गरिबी न्यूनीकरण गर्दै आर्थिक तथा सामाजिक रुपान्तरण गरेर दिगो विकास स्थापना गर्ने सरकारको लक्ष्यलाई मद्दत पुर्याउन मेलाले सहयोग पुर्याउने बताए ।

‘मिडिया महाकुम्भ मेला २०१९’को आयोजक टिम  

‘मिडिया, कम्युनिकेसन र एडभर्टाइजिङ एक्स्पो २०१९’ प्रदर्शनीमा करिब २३ देशका १ सय ५० भन्दा बढी कम्पनी र संघसंस्थाहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ । अहिलेसम्म ३१ वटा कम्पनीहरुले आफ्नो बुकिङ गरिसकेको आयोजक शाहूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्