पैसाको लागि सावित्री सुवेदी पीडकलाई पिडित र पिडितलाई पीडक बनाउने गर्छिन : आस्था थापा (भिडियो सहित)



०९ माघ २०७५, काठमाडौं

महिला अधिकारकर्मी भन्न रुचाउने सावित्री सुवेदी विभिन्न मुद्दामा हात हालेर विवादित बन्दै आएकी छिन् । पत्रकार रवी लामिछाने झैँ चर्चित बन्न खोजिरहेकी सुवेदी पैसाको लागि जुनसुकै हर्कत गर्न सक्ने भन्दै उनीबाट सचेत रहन केहि महिना आफूले संरक्षण गरेकी समाजसेवी आस्था थापाले भिडियो मार्फत अपिल गरेकी छिन् ।

क्यान्सर पिडित थापाले देश र महिला अधिकारको लागि प्रेरणादायी व्यक्तित्व भएको बुझेर सुवेदीलाई आफूले संरक्षण दिएको बताएकी छिन् । केहि महिनाको संगतमा उनी पैसाको लागि जे सुकै गर्न पनि पछि नपर्ने बुझेपछि आफूले सँगै राख्न नचाहेको पनि बताएकी छिन् ।

आस्था थापाको भिडियो अपिल :

उनी अझ थप्छिन, “सावित्री सुवेदी सही वा गलत छिन् हजुरहरु छुट्याउनुहोस् । सावित्री सुवेदीले लाखौँ र करोडौँ जनताको भावनासँग मात्र होइन मेरो भावनासँग समेत खेलेकी छिन् । उनले २ बर्षकोे बच्चादेखि ६० बर्षको हजुरआमा समेते फरक छुट्याउँदिनन् । २ बर्षको बच्चाले समेत उनको किताब छुनु हुँदैन । ओछ्यानमा बस्नु हुँदैन । उनीसँग आत्मा पनि छैन अनि भावना पनि छैन । उनीभित्र दुख्ने हृदय नै छैन । उनलाई त कसरी हुन्छ पैसा कमाउने बाटो चाहिएको छ । पहिला श्रीमती पिडित, पछि श्रीमान् पिडित कसरी हुन्छ ।”

आफूले भावनामा बगेर उनको साथ दिएँ भन्दै थापाले अरुलाई नफस्न समेत अनुरोध गरेकी छिन् ।

पढ्नुहोस् आस्था थापाको भिडियो अपिल जस्ताको त्यस्तै :

नमस्ते म आस्था थापा । १४ अञ्चल ७५ जिल्लाका एकै फूलबारीमा फूलेका फूल नानाथरी !  देश तथा विदेशका कुनामा छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरुलाई मेरो नमस्कार स्वीकार्नु होला ।

आज मैले यो भिडियो बनाउनु र पोष्ट गर्नुको कारण यो छ की अहिले देश आइसियूमा राखिएको छ । भ्यान्डीलेटरमा नेपाल आमालाई राखिएको कारणले गर्दा मैले बोल्न बाध्य भए । नेपाल आमालाई त भ्यान्डीलेटरमा राखेको छ, राखेको छ, त्यसमाथि पनि हामी नेपाली जनताले उनको शरीरमाथि खेलिरहेका छौँ।

लुछिरहेका छौँ ।  कुटिरहेका छौँ । त्यसकारणले गर्दाखेरी म बोल्न बाध्य भए । यो नसोच्नुहोस् की तैले कति पैसा लिइस् र कति पैसा पाएर तँ बोल्दैछस् भनेर पनि नभन्नु होला ।

म कुनै संगठन, कुनै राजनीति पार्टीमा आवद्ध छैन । हजुरहरुले मलाई खोजीतलासी गर्न सक्नुहुन्छ । म एउटा क्यान्सर पिडित हुँ । मलाई मेरो देश र मेरो ज्यानको बढी माया छ । म मेरो जन्मभूमि बाहेक अरु केहि पनि सोच्दिन । मलाई अहिले एउटा भयानक रोग लागेको छ । त्यसकारण म धेरै समय बाच्न पाउँछु कि पाउँदिन। मैले देशको लागि केहि गर्न सक्छु कि सक्दिन भन्ने मात्र मेरो धारणा छ। मैले हात फैलाएर पैसा माग्नु परेको छैन । मलाई मेरा साथीभाईहरुले  सहयोग गरिरहनु भएको छ । त्यसैले गर्दा आज म यहाँहरु माझ थोरै बोल्न आएकी छु ।

अहिले समाजमा चर्चाको विषय बनिरहेको छन्( रवि लामिछाने र सावित्री सुवेदी । दुबैले गरेको काम देशको लागि  नै छ । तर फरक तरिका र फरक ढङ्गले गरिएको छ। रवि लामिछानेले गरेको काममा आलोचना आएको छैन । तर सावित्रीले गरेको काममा आलोचनाहरु धेरै आएको छ । यसको पनि केहि कारण पक्कै हुनसक्छ । किनभने सावित्री सुवेदी महिला अधिकारकर्मी हुन् भने हाम्रो रवि लामिछाने देशका प्रत्येक विषयवस्तु नछुट्याई काम गरिरहनुभएको छ।

आज रविको कुरालाई लिएर हाम्रो सावित्री सुवेदी भाइरल बनेकी छिन् । त्यतिमात्र नभएर उनी यतिधेरै उम्लेकी छिन् कि कहाँ गएर पोखिने हो मलाई पिर लागेको छ । माइतीघर मण्डलामा पेटिकोटकोे आन्दोलना गर्दाखेरी उनीलाई म जस्तो एउटा क्यान्सर विरामी भएर पनि उनलाई साथ नदिएको होइन। दिएको थिए । छाती फुलाएर साथ दिएको थिए । म त्यतिबेला घरमै सुतेर पनि त बस्न सक्थे तर यस्तो लाग्यो कि सावित्री सुवेदी भनेको सच्चावादी हो र यिनलाई मैले साथ दिनुपर्छ ।

म विरामी मान्छे समेत माइतीघरको टन्टलापुर घाममा उनलाई साथ दिन गएको थिए । मलाई उनी सही छिन् जस्तो लागेको थियो ।  तर तिनका अन्य  गतिविधिले गलत देखाएको कारण मैले उनको बारेमा बोल्न बाध्य भए । आज जुन गतिविधि उनले गरिरहेकी छिन्। जुन बोलिरहेकी छिन्। मैले बोलेको होइन । एउटा जापानमा बस्ने ज्वाला संग्रौलाले मेरो फेक आइडी खोलेर यस्तो गरेको हो  । म उनलाई तुरुन्तै ब्लक हान्दिन्छु समेत मलाई भनिन् । त्यसैगरी इशा गुरुङको बारेमा समेत उनले मलाई धेरै कुराहरु भनिन् । यस्तो विदेशी मान्छेसँग विवाह गरेको मान्छेले नेपालको बारेमा बोल्न जरुरी छैन। नेपालमा आउने जरुरत छैन।  नेपालको लागि सहयोग गर्न जरुरी छैन।  इशाा गुरुङ भनेको को हो त्यो ! नेपालको माया त नेपालमै बसेर गर्नुपर्छ उनले भनिन् । नेपालको माया त कसलाई नहोला । नेपाल बाहिर बस्ने १ करोड नेपालीलाई नेपालको माया छैन होला ? के तिनीहरुको छाती दुखेको छैन होला ? नेपालको हालत देखेर ।

२०७२ सालको भूकम्पले कुटेको,चुटेको, कोपरिराखेको छ।  छाती दुखिरहेको होला विदेशमा बस्ने नेपालीहरुलाई । त्यस विरुद्ध उनीले एउटा आगो थपिदिइन् । दुस्खीरहेको घाउमा आगो थपिदिइन् । मलम त उनले लगाउने कोशिस नै गरिनन् । आज आएर उनीले विदेशमा जाने महिला दिदीबहिनी र दाजुभाईहरु गलत क्रियाकलाप गरेर बस्छन् भनिन् । त्यो मैले भन्नै सकिन । मलाई माफ गर्नुस् । उनले त्यस्तो समेत आरोप लगाइन् तर उनलाई त के थाहा विदेशको पिडा । त्यो त मैले स्वयम भोगेकी छु। ४ बर्षसम्म भोगेर आएकी हुँ मैले  विदेशको पिडा । उनलाई थाहा छ कति कठिन हुन्छ भन्ने कुरा ?  विदेशमा हुँदा मैले टन्न खानकुरा खाने, रातभर आनन्दले सुत्ने रहर थियो । त्यो अवस्थामा घडीको टिकटिकसँग विदेशीहरुले आफ्नो जवानी र पाखुरीको लिलामी गरिरहेको अवस्थामा उनले धकधक्याइन् । गलत आरोप लगाएको र प्रत्येक नेपालीहरुको भिडियो र आलोचना देख्दाखेरी मलाई असह्य पिडा भयो । किनभने जतिसुकै जे भएपनि हामीले मुकुन्द घिमिरे जस्तो एउटा पूरुषमाथि एउटा महिलाको फोटो राखेर उनको चरित्र हत्या गर्नु हुदैँनथ्यो।

हो, उनी एउटा महिला हुन्।  गलत छिन् कि सही छिन् ( त्यो छुट्याउने तिर लाग्नुपर्थ्यो । आरोपहरु धेरै आए उनीलाई सहन सकिन मैले । यदि निर्मलाको बलात्कार पछि हत्या भएको यत्तिका महिनापछि बम दिदिबहिनी सही छन् भन्न थालिन उनले पहिला ती क्रियाकलाप किन गर्न सकिनन्? किन दुनियाँलाई सडकमा उतारिन् । यो सबै रोकिन्थ्यो नि त्यतिखेर । किन बम दिदिबहिनीको घरमा गएर बस्न सकिनन् यिनी । त्यतिखेर त यिनीसँग ठूलो पावर थियो । किन तिनले काठमाडौँ ल्याउन सकिनन् त्यो बेला । यतिका महिनापछि काठमाडौँ ल्याएर फेरि सड्यन्त्र रच्दैछिन्(उनी ।

आखिर के चाहन्छिन् सावित्री सुवेदी ? को हो सावित्री सुवेदी ? कहाँबाट आइन् र के गर्न चाहन्छिन् ? त्यो राज्यको हातमा छ । किनभने दिनप्रतिदिन उनी हाम्रो देशप्रति षडयन्त्र रच्दैछिन् । आखिर सावित्री सुवेदीले यो सबै गरेर के गर्न खोजिरहेकी छिन् ? त्यो राज्यले खोजी गर्नुपर्यो । त्यसैगरी महिला अधिकारकर्मीहरु र समाजसेवी संघसंस्थाहरुले पनि आफ्नो दायित्व सम्झेर खोज्नुपर्यो ( को हुन सावित्रा सुवेदी के गर्न चाहिन्छिन् भन्ने कुरा?

उनले मलाई यतिसम्म भनेकी छिन् की रवि लामिछानेको बारेमा । रवि लामिछानेको श्रीमती इशा लामिछाने । दिज्जु उनीसँग म एकरात बसेको छु । उनको पिडा मलाई थाहा छ। यो कुरा साचोँ हो वा होइन उनीलाई नै थाहा होला । उनी कत्तिको सत्य र असत्य छिन् उनीलाई नै थाहा होला । तर मेरो नजरमा आज उनी गिरेकी छिन् । उनले हरेक मानिसको भावनासँग खेलेकी छिन् । यतिमात्र नभएर उनले कुनै भिक्टिमकोमा जाँदा ५० हजार खर्च हुन्छ भनेकी छिन् । गलत, एकदमै गलत । ५० पैसा पनि उनको खर्च हुँदैन । उनले नुहाउने स्याम्पू समेत भिक्टिमलाई नै किन्न लगाउँछिन् । कुनै एउटा भिक्टिमलाई उनले सहयोग गरिन् होला।  मैले देखेको भिक्टिमलाई उनले सहयोग गरेकी छैनन्।  उनका त्यतिका पैसा खर्च हुँदापनि हुँदैन।

पेटीकोट आन्दोलनदेखि उनी मसँग बस्दै आएकी थिइन् । उनी आफैँ आएकी होइनन् मैले उनलाई राखे । किनकी उनी झोला बोकेर यताउता भौतारिरहेको देख्दा मलाई असह्य पिडा भयो । म एक्लै बसेकी थिए । मैले आउन त म सँग बस भनेर उनलाई मैले राखे । पेटीकोट आन्दोलनपछि मलाई धेरै माया र साथ दिने दाजुभाईले तैले पनि यस्तोलाई साथ दीइस भनेर तिरस्कार गर्नुभयो। फेसबुकमा बल्क गर्नुभयो। मलाई दिईरहेको सहयोग पनि उहाँहरुले गर्न छोड्नुभयो। तँ पनि गलत नै रहिछस् भन्नुभयो। जस्ताको संगत गर्यो त्यस्तै हुँदो रहेछ। मैले आज सावित्री सुवेदीको संगतले धेरै पिडा पाइरहेकी छू । उनलाई मैले छोरी जसरी माया गरेर राखेकी थिए। उनलाई ओछ्यानमा खाना लगिदिन्थे। कहिलेकाहीँ बाहिर जान्थिन् । त्यसबेला कहाँ के खान्थिन् मलाई थाहा छैन । तर बेलुका आउँदा भोकाएर आउँछिन् भनेर मैले सकि नसकी छिटो खाना बनाएर समेत उनलाई ख्वाउँथे । छोरी झै माया गरेको थिए । एउटा देशको लागि लड्ने मेरी महिला हुन् भनेर। तर सावित्री सुवेदीले नेपाल हल्लाइदिइन् । कुनै समयमा सिमा सुवेदीले हल्लाएकी थिइन् ।

तर जनता मौन किन ? किन यिनको सत्यतथ्य पत्ता लगाउन मान्छे चाहदैँनन् ? यिनले डिग्री पास गरेकी छु(भन्छिन् । कुन कलेजबाट यिनले डिग्री पास गरिन ? कुन गाउँबाट आएकी हुन्? कसकी छोरी हुन् र यिनले के चाहन्छिन् ? त्यो पत्ता लगाउनु भएको छ ? कुनै मिडियाले निकाल्नु भएको छ त्यो कुरा ? छैन नि हैन !

त्यसैले गर्दा म के भनौं ( हजुरहरुलाई ! केहि भन्यो भने तँ पैसामा बिकिस् भनिहाल्नु हुन्छ !  त्यतिमात्र नभएर मिडियामा पनि तमासा भैहालिन्छ । प्रायस् मिडियाहरुलाई त यो छ की कसरी तमासा बनाउ र पैसा कमाउ । जसरी हुन्छ पैसा कमाउने मात्र धोको छ । जसरी आज सावित्री सुवेदीका भिडियोहरु भाइरल हुन्छ । त्यसैगरी हाम्रो प्राचीन सम्पदाको भिडियो कहिले पनि भाइरल हुँदैन । मैले कति भिडियोहरु सेयर गरिरहेकी छु । रानीपोखरी, सुन्धारा, धरहरा अनि पशुपतिका कति सुन्दर चिजहरु।

आज एउटा महिला अधिकारकर्मी सावित्री सुवेदीले यति नेपाल हल्लाउदा मौन बसेका छौँ हामी । उनको रहर खास के हो ?  उनी के चाहन्छिन्, त्यो पत्ता लगाउनुहोस्।  सावित्री सुवेदी सही र गलत हजुरहरु छुट्याउनुहोस् । सावित्री सुवेदीले लाखौँ र करोडौँ जनताको भावनासँग मात्र होइन, मेरो भावनासँग समेत खेलेकी छिन् । उनी  २ वर्षकोे बच्चादेखि ६० वर्षकोे हजुरआमा समेत उनले फरक छुट्याउँदिनन् । २ बर्षको बच्चाले समेत उनको किताब छुनु हुँदैन। उनको ओछ्यानमा बस्नु हुँदैन । उनले यतिसम्म भनेकी छिन् की उनको ओछ्यानमा बस्दा रोग सर्छ । म क्यान्सर पिडितलाई मेरो ओछ्यानमा नसुत्नु है मलाई रोग सर्छ समेत भनिन् । सावित्री सुवेदी मानसिक रोगी हुन् भनेको त खुल्ला छोडेको गाई रहिछिन्। उनलाई केहि फरक पर्दैन । उनीसँग आत्मा पनि छैन। भावना पनि छैन । उनीभित्र दुख्ने हृदय नै छैन । उनलाई त कसरी हुन्छ पैसा कमाउने बाटो चाहिएको छ ! पहिला श्रीमती पिडित पछि श्रीमान् पिडित कसरी हुन्छ ? एउटै घरको दुवैजना हुन्छन उनको लागि । त्यो कुरा मैले बुझिन । हजुरहरुको हातमा छ ( सावित्री सुवेदी सही भए जसले चरित्र हत्या गरेका छन् उनीहरुले माफी मगाउनुपर्छ। सावित्री सुवेदी गलत रहिछिन् भने उनलाई सजाय दिलाउनुपर्छ । म बाट गल्ती भएको भए क्षमा गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्