नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता



०६ माघ २०७५, काठमाडौं

थाईल्याण्डमा सम्पन्न टि–२० स्म्यास क्रिकेट प्रतियोगिता खेलेर नेपाली महिला क्रिकेट टोली (आज) आइतबार स्वदेश फर्किएको छ ।

प्रतियोगितामा उपविजेता भएको नेपाली टोलीलाई दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

शनिबार थाईल्याण्डको टेर्ड थाई मैदानमा भएको फाइनल खेलमा नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्