ला लिगा : मड्रिडको स्थानमा सुधार



०६ माघ २०७५, काठमाडौं

सेभिल्लालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगा फुटबल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लामाथि २–० गोल अन्तरले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

रियललाई जिताउन कासेमिरो र लुका मोड्रिचले एकरएक  गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दुबै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ७८औं मिनेटमा कासेमिरोले गोल गर्दै घरेलु टोलीलाई सुरूवाती अग्रता दिलाएका थिए ।

इन्जुरी समयमा मोड्रिचले टोलीका लागि दोस्रो गोल गर्दै सहज जित दिलाए । यो जितसँगै ला लिगामा २० खेलबाट ३६ अंक बटुलेको रियल तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोना १९ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको एट्लेटिको मड्रिडले गएराति एसडी हुएस्कालाई हराउँदै २० खेलबाट ४१ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्