डा. केसीका समर्थकले प्रदर्शन गरेसँगै अभियन्ता थापाका समर्थक पनि सडकमा



०५ माघ २०७५, काठमाडौं

डा. गोविन्द केसीको समर्थनमा उनका सहयोगीले राजधानीमा प्रदर्शन गरेसँगै अभियन्ता विजय थापाका समर्थकले पनि सडकमै प्रदर्शन थालेका छन् ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा चौथो अनसन सम्म साथ दिएका सामाजिक अभियन्ता विजय थापा अहिले उनीसँगै फरक मुद्दामा सत्याग्रह गरिरहेका छन् ।

आई एम विथ विजय थापा भन्ने प्लेकार्ड सहित अभियन्ता थापाका समर्थकहरुले त्रि.वि. शिक्षण अस्पतालबाटै प्रदर्शन थालेका छन् । प्रदर्शनकारीले प्ले कार्डमा सरकारी तलब भत्ता, सेवा सुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरुलाई तत्काल सरकारी सेवाबाट बरखास्त गरी कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

डा. केसीकै समर्थक उनी विरुद्धको अनसनमा

प्रतिक्रिया दिनुहोस्