डा. केसीकै समर्थक उनी विरुद्धको अनसनमा



०५ माघ २०७५, काठमाडौं

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा चौथो अनसन सम्म साथ दिएका सामाजिक अभियन्ता विजय थापा अहिले उनीसँगै फरक मुद्दामा सत्याग्रह गरिरहेका छन् ।

इलाममा ११ दिनअघि १६ औं अनसन सुरु गरेका डा. केसीसँगै इलाममै दोस्रो सत्याग्रह शुरु गरेका थापा उनीसँगै हेलिकप्टरमा टिचिङ्ग अस्पतालमा अनसनरत रहेका छन् ।

त्रि.बि. शिक्षण अस्पतालमा डाक्टरहरुले डा. केसीको उपचारमा मात्रै ध्यान दिएको भनी हिजो राती माईतीघर मण्डलामा अभियन्ता थापाले सहयोगी सहित खुला आकाशमुनी सत्याग्रह गरे ।

सामाजिक संजालमा उनको सत्याग्रहमा धेरै युवाले साथ दिएपछि गएराति नै उनलाई शिक्षण अस्पताल लगी अहिले विज्ञहरुको निगरानीमा उपचार भईरहेको छ ।

परिवर्तन खबरको टिमले डा. गोविन्द केसी र अभियन्ता थापासँग भेट्न चाहेपनि प्रशासनले भेट्न दिएन ।

थापाको अभियानका सहयोगी पुष्पराज भण्डारीबाट हामीले उनका मागहरु समेटिएको प्रेस विज्ञप्ती प्राप्त गर्याैं । जसमा अधिकांश मागहरु डा. केसीसँग मिल्दाजुल्दा रहेका छन् ।

डा. केसीभन्दा उनका दुई मागहरु फरक देखिए । जसमा :

१. सरकारी तलब भत्ता सेवा सुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरुलाई तत्काल सरकारी सेवाबाट बरखास्त गरी कडाभन्दा कडा कारवाही गर ।

२. बंगलादेशबाट डाक्टर पढेर फर्किने क्रममा त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटनामा मृत्यु भएका १८ जना डाक्टरहरुको पिडित परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर ।

पहिले डा. केसीकै समर्थनमा रहेका अभियन्ता थापा अहिले भने केसीकै विरुद्धमा सत्याग्रह गर्दैछन् ।

अभियन्ता थापाको माग सहितको प्रेस विज्ञप्ती :

यो पनि पढ्नुहोस्

डा. केसीका समर्थकले प्रदर्शन गरेसँगै अभियन्ता थापाका समर्थक पनि सडकमा

प्रतिक्रिया दिनुहोस्