अब नेपालको ओलम्पिक कमिटी निर्विवाद रुपमा अगाडि बढाउनुपर्छ : अध्यक्ष श्रेष्ठ (फोटो फिचर)



०५ माघ २०७५, काठमाडौं

नेपाल ओलम्पिक कमिटीको नवौं साधारण सभा उद्घाटनमा प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अव नेपालको ओलम्पिक आन्दोलन निर्विवाद रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व ओलम्पिक कमिटीको बडापत्र र मूल्य मान्यता नबुझेर ओलम्पिक ईन्टरनेशनलकै अनुदानमा बनेको भवनमा समेत १५ महिनासम्म प्रवेश गर्न नसकेको तितो सत्य अब कहिल्यै नदोहोरिने बातावरण बनाउन आफू र आफ्नो कमिटी लागि पर्नेमा विश्वस्त पारे ।

उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, संघहरुको तर्फबाट मनोरञ्जन रमण शर्मा, राष्ट्रिय खेलकुद परिषदको तर्फबाट ईन्दिरा निरौलाले ओलम्पिकको सफलताको लागि शुभकामना व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य तथा संसदको स्वास्थ्य, शिक्षा र खेलकुद समिति सदस्य समेत रहेका सुरेश कुमार राईले खेलभित्रको एकतालाई कायम राख्न ओलम्पिक कमिटीले महत्वपूर्ण भूमिका निर्वाह सकोस भनी शुभकामना दिएका थिए ।

नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुव बहादुर प्रधानले विगतमा ओलम्पिक कमिटीलाई विवादित बनाउनेहरुले यही हलभित्र अहिलेपनि जीवन राम श्रेष्ठलाई ओलम्पिक कमिटीको अध्यक्ष भन्न रुचाउँदैनन् । नेपाली खेल क्षेत्रको विकासका लागि विभिन्न संघमा रहेर स्वयमसेवीको रुपमा पुर्याएको योगदानले नेपालको खेल क्षेत्र आजको अवस्थामा पुगेको भन्दै खेल जगत राजनीति मुक्त हुनुपर्नेमा जोड दिए ।

नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङको संचालन रहेको कार्यक्रमको अध्यक्षता नेपाल ओलम्पिक कमिटीकी ज्योती राणाले गरेकी थिईन भने प्रमुख अतिथि सांसद जीवन राम श्रेष्ठ, विशेष अतिथि ध्रुव बहादुर प्रधान, सांसद सुरेश कुमार राई, सांसद गजेन्द्र बहादुर महत, सांंसद तुलसी थापा, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक धिरु बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथिद्वारा पानसमा द्वीप प्रज्वलन गरी सुरु गरिएको साधारण सभामा दक्षिण एशियाली खेलकूद (साग) र एशियाली खेलकूदमा पदक जित्ने खेल सङ्घलाई समेत सम्मान गरिएको थियो ।

त्यसैगरी गत भदौमा इन्डोनेसियामा भएको एसियाली खेलकूदमा ऐतिहासिक रजत पदक जित्न सफल प्याराग्लाइडिङ सङ्घलाई पनि ओलम्पिक कमिटीले रु २० हजार नगदसहित सम्मान गरेको थियो । पत्रकारिताको माध्यमले खेलकुदको महत्व बढाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै फोटो पत्रकार क्लब र नेपाल खेलकूद पत्रकार मञ्चलाई पनि रु. ५०/५० हजार नगद र सम्मान पत्र सहित सम्मान गरेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्