कोपा डेल रे : बार्सिलोना पुग्यो क्वाटरफाईनल



०४ माघ २०७५, काठमाडौं

बार्सिलोना स्पेनिस कप कोपा डेल रे को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा लेभान्तेसँग २–१ गोल अन्तरले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा घरेलु मैदान नाउ क्याम्पमा तीन गोल गर्न सफल भयो ।

४–२ गोलको जितसँगै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । बिहीबार राति भएको खेलमा फ्रेन्च स्ट्राइकर डेम्बेलेले दुई मिनेटको फरकमा दुई गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । उनले ३०औं र ३१औं मिनेटमा गोल गरेका थिए । मेसीले ५४ औं मिनेटमा तेस्रो गोल गरे ।

त्यस्तै बिहीबार राति नै भएको अर्को खेलमा स्पानियोलले भिल्लारियललाई ३–१ ले हराउँदा रियाल बेटिस र रियाल सोसिडाडले २–२ को बराबरी खेले।

प्रतिक्रिया दिनुहोस्