स्विडिस कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त



०४ माघ २०७५, काठमाडौं

स्विडिस योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको बैठकले मच्छिन्द्र क्लबका पूर्व प्रशिक्षक समेत रहेका कालिनलाई राष्ट्रिय टोली र युवा टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको बताईएको छ । सन् २०१९ को मार्चबाट उनले जिम्मेवारी सम्हाल्ने बताएको छ ।

उनले सो जिम्मेवारी भने आगामी मार्च २२ देखि कतारमा हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट चरणदेबाट सम्हाल्ने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्