बिपीएल : सन्दीपको सिक्सर्सले आज छैंठौं खेल खेल्दै



०४ माघ २०७५, काठमाडौं

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बिपीएल) क्रिकेट लिगमा आज (शुक्रबार) छैटौं खेल खेल्दैछ ।

सिलेटमा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले ढाका डाइनामाइट्ससंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार अपरान्ह १:४५ मा सुरु हुने बताईएको छ ।

डाइनामाइट्सविरुद्ध मैदान उत्रदा सिक्सर्स तेस्रो जितको खोजीमा हुनेछ । प्ले अफ संभवाना जीवित राख्न सिक्सर्सलाई आजको खेल महत्वपूर्ण हुनेछ । सन्दीपको टिम सिक्सर्स ४ अंक जोडेर लिगको छैटौं स्थानमा छ । डाइनामाइट्स ८ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्