टी–२० महिला क्रिकेट : नेपालको किर्तिमानी जित, इन्डोनेसिया ९२ रनले हार्यो



०४ माघ २०७५, काठमाडौं

थाइल्याण्डमा जारी टी–२० महिला क्रिकेटको सेमिफाईनलमा इन्डोनेसियालाई पराजित गर्दै नेपालले फाईनलमा प्रवेश गरेको छ । शुक्रबार (आज)  बिहान सम्पन्न खेलमा इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया २७ रनमा समेटियो । टस हारेर पलिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो । नेपालका लागि सर्वाधिक ४८ रन सीता रानामगरले बनाएकी थिइन् । त्यस्तै इन्दु बर्माले नटआउट ३७ रनको योगदान गरिन् ।

जवाफि व्याटिङ गरेको इन्डोनेसियाले ११ औं ओभरमा सबै विकेट गुमाउँदै २७ रनमै समेटिएको थियो । इन्डोनेसियाकी युलिया एरिङ्गेनीको १३ रन बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । पाँच खेलाडी भने शुन्यमा आउट भएका थिए । सन् २००७ देखि अन्तर्राष्ट्रि सहभागिता जनाएको नेपाल १२ वर्षपछि सिनियर महिला क्रिकेटको फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्