टी–२० महिला क्रिकेट : नेपालद्वारा इन्डोनेसियालाई १२० रनको चूनौती



०४ माघ २०७५, काठमाडौं

थाइल्याण्डमा जारी टी–२० महिला क्रिकेटमा नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ ।

इन्डोनेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै ११९ रन बनायो । नेपालका लागि सर्वाधिक रन सीता रानामगरले ४८ रनको योगदान गरिन् ।

त्यस्तै इन्दु बर्माले नटआउट ३७ रन बनाउँदा काजल श्रेष्ठले १४ रन बनाइन् । इन्डोनेसियाकी क्रिस मार्टिन र नि रानीले समान एक एक विकेट लिए । इन्डोनेसियाले अहिले जवाफी व्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्