खुल्ला राष्ट्रिय ह्याण्डबलमा एपिएफको दबदबा (फोटो फिचर)



०३ माघ २०७५, काठमाडौं

नेपाल ह्याण्डबल संघद्वारा आयोजित खुल्ला राष्ट्रिय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिताको फाईनल खेलमा दुबैतर्फ एपिएफ क्लबले जित हात पारेको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० आकाशेधारामा भएको पुरुष तर्फको फाईनल खेलमा एपिएफले २६ गोल गर्दा त्रिभुवन आर्मी क्लबले २५ गोल गर्न सफल भएको थियो ।

महिला तर्फ भएको खेलमा एपिएफले २६ गोल गर्दा नेपाल आर्मीले १९ गोल मात्र गरेको थियो ।

उक्त प्रतियोगितामा प्रथम हुने परुष तथा महिला तर्फका दुबै टीमलाई नगद रु २५ हजार र द्वित्तिय हुने दुबै टिमलाई रु १५ हजार सहित मेडल र ट्रफि बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा वितरण गरिएको थियो ।

उत्कृष्ट पुरस्कार पुरुष तर्फबाट त्रिभुवन आर्मी क्लबका दिपेन्द्र राईले प्राप्त गरेका थिए भने महिला तर्फ एपिएफकी बन्दना राईले हात पारेकी थिईन ।

हाई स्कोर पुरुष तर्फ एपिएफका सन्दिप कार्की र महिला तर्फ पनि एपिएफकै उशा राईले पाएका थिए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राई, नेपाल ह्याण्बल संघका अध्यक्ष तेज बहादुर गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धु्रवराज न्यौपाने, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का राजु अधिकारी, १२ का शम्भु भट्टराई लगायतका अन्य व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्