यो नाम कमाउन धेरै मेहेनत गरेकी छु, त्यसैले थर परिवर्तन गर्दिन : दिपिका पादुकोण



३ माघ २०७५, काठमाडौँ

नायिका दिपिका पादुकोणले केहि महिना अघिमात्र बलिउडका सुपरस्टार रणवीर सिंहसँग विवाह गरेकी हुन् । नेपाली संस्कारमा मात्र नभएर बलिउडमा पनि विवाहपछि श्रीमान्को थर अपनाउने प्रचलन छ । यो बर्ष पनि धेरै बलिउड सेलेब्रेटिको विवाह भयो ।

धेरै सेलेब्रेटिले आफ्नो थर पनि परिवर्तन गरे । प्रियंका चोपडा, सोनम कपुरजस्ता चर्चित नायिकाले आफ्नो थरसँगै आफ्नो श्रीमान्को पनि थर जोड्न थालिसकेका छन् । दिपिकाले पनि यसबारे स्पष्टिकरण दिएकी छिन् ।

उनले विवाहपछि थर परिवर्तन गर्न जरुरी नभएको बताएकी छिन् । उनले रणवीर र आफूले कहिलेपनि त्यसबारे नसोचेको बताइन् । त्यतिमात्र नभएर दिपिकाले आफ्नो थर परिवर्तन नगर्ने बताइन् । उनले यो क्षेत्रमा आफूलाई स्थापित हुन निकै समय लागेको र यो नाम कमाउन आफूले धेरै मेहेनत गरेकाले थर परिवर्तन गर्न आवश्यक नरहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्