गजल ‘परदेशमा’



०३ माघ २०७५, काठमाडौं

घरको यादले तड्पिँदै दिन, काट्नुपर्छ परदेमा
गाह्रो काम पनि गर्नलाई, आट्नुपर्छ परदेशमा

पैसा भन्ने चिज रुखमा, फल्दैन कतै पनि
पसिनासँग धनपैसा, साट्नुपर्छ परदेशमा

आफन्तको फोन आउँदा, विरामी भई बस्दा
आराम कुशलै छु भनी, ढाँट्नुपर्छ परदेशमा

पाँईदैन गाँऊको ढिडो, अनि साग र सिस्नु
सडेको दाल भात नै, चाट्नुपर्छ परदेशमा

रीता शाहि ‘रितु’ बाजुरा
हाल स् काठमाडौं

प्रतिक्रिया दिनुहोस्