१ अर्बको कार चडेर हिड्छिन् मुकेश अम्बानीकी श्रीमती निता अम्बानी



०२ माघ २०७५, काठमाडौँ

मुकेश अम्बानी बलिउडका निकै चर्चित विजनेसम्यान हुन् । यत्तिसम्मकी बलिउडका अधिकांश सेलेबे्रटिले उनलाई सम्मान गर्छन् । उनी बलिउडका सबैभन्दा धनी विजनेसम्यान हुन् । उनले केहिसमय अघिमात्र आफ्नी छोरीको निकै धुमधामसँग विवाह गरिदिएका थिए । मुकेश अम्बानीकी श्रीमती निता अम्बानी पनि बलिउडमा निकै चर्चामा रहिरहने सेलेब्रेटि हुन् ।

उनले निकै ब्राण्डेड र महंगा सामानहरु प्रयोग गर्ने गर्छिन् । भर्खरै मात्र उनको बारेमा एक नयाँ खबर सार्वजनिक भएको छ । अम्बानीकी श्रीमतीले १ अर्ब अर्थात् सय करोडको कार चलाउने गर्छिन् । उनले उक्त कार आफूले अफिस जान आउनको लागि किनेको बताइन् । उनले उक्त कार आफूले अमेरिकाबाट आयात गरेको बताएकी छिन् । उक्त कारको मुल्य अमेरिकामा ९० करोड थियो तर अहिले भारतमा आइपुग्दा कारको मुल्य १ अर्बमा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्