बूढानीलकण्ठ नगरपालिकाले घरजग्गा र सम्पत्ति करमा चालिस प्रतिशत कम गरेको छ : अच्युत खड्का (भिडियो सहित)



२९ पुस २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाले गत वर्षभन्दा यस वर्ष घरजग्गा र सम्पत्ति करमा चालिस प्रतिशत कमी गरेको जानकारी राजस्व शाखा प्रमुख अच्युत खड्काले दिएका छन् ।

कर घटाएरै भए पनि सवै नगरवासीलाई करको दायरामा ल्याउन नगरपालिकाले गत वर्षभन्दा करमा निकै छुट गरेको उनको दावी छ । खड्काका अनुसार असोज सम्म कर तिर्ने करदाताले १० प्रतिशत छुट पाउँछन् भने ढिलो कर तिर्नेलाई १० प्रतिशत बढी जरिवाना लाग्नेछ ।

गत वर्ष नगरपालिकाले करिव १८ करोड राजस्व संकलन गरेको थियो भने यसवर्ष २४ करोड सत्तरी लाख राजस्व उठाउने लक्ष्य राखेको छ । करिव ६० प्रतिशत कर तिर्ने नगरवासीको दायरा बढाई सय प्रतिशत पुर्याउने नगरपालिकाको योजना रहेको समेत उनले बताए ।

नेपाली भएपछि हरेक नागरिकले नेपाल सरकारले तोकेको कर तिर्नु नागरिक दायित्व भएको बताउँदै नगरवासीले तिरेको कर नगरको विकास निर्माणमै खर्च हुने राजस्व प्रमुख खड्काले जनाए ।

हाल बूढानीलकण्ठ नगरपालिकाको वार्षिक विकास बजेट करिब ८० रहेकोमा आन्तरिक राजस्वबाट २० करोड पनि उठ्न सकेको छैन ।

बूढानीलकण्ठ नगरपालिकाका राजस्व शाखा प्रमुख अच्युत खड्कासँग परिवर्तन खबरकर्मीले गरेको भिडियो कुराकानीको सारसंक्षेप :

प्रतिक्रिया दिनुहोस्