बुद्धका मूर्ति चोरी गर्ने पक्राउ



२९ पुष २०७५, काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।

टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता होवीन्द्र बोगटीले झोलामा लुकाएर ल्याएका तीन थान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्