‘थुलुङ राई भाषा विकास समिति’ र ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ बीच एकता



२९ पौष २०७५, काठमाडौं
‘थुलुङ राई भाषा विकास समिति’ र ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ लाई मर्ज गरि केन्द्रीय स्तरको ‘थुलुङ राई प्रतिष्ठान’ कमिटि गठन गरिएको छ । हिजो (शनिबार) कोटेश्वरस्थित यायोख्खा भवनका सम्पन्न बृहत भेलाले सो निर्णय गरि नयाँ समिति गठन गरेको हो ।

यसअघि नै ‘हालाम–को’ पाठ्यपुस्तक तथा ‘बोक्छेम’ व्याकरण प्रकाशन गरिसकेको भाषा विकास समिति र थुलुङहरुलाई माथि उठाउनका लागि सराहनीय काम गरिरहेको दुई समितिहरुलाई मर्ज गरि केन्द्रीय स्तरको कमिटि गठन गरिएको हो ।

थुलुङ राई भाषा तथा संस्कृतिको उत्थान र जगेर्ना गर्नको निम्ति गरिएको एकताले थुलुङहरुको अवस्थामा कायापलट ल्याउने विश्वास गरिएको छ ।

नवगठित प्रतिष्ठानका पदाधिकारीहरुः

अध्यक्ष : निर्कधन थुलुङ
बरिष्ठ उपाध्यक्ष : खुक्सङ खम्बु थुलुङ
सल्लाहाकारहरु : जनिकुमार थुलुङ र दुतिराम थुलुङ
महा–सचिव : पदम थुलुङ
सचिव : सन्तोष थुलुङ
कोषाध्यक्ष : चन्द्रकला थुलुमे
सह–कोषाध्यक्ष : माओदीप थुुलुङ

अन्य सदस्यहरुः

मणि राम थुलुङ
बलराम थुलुङ
मनिषा थुलुङ
धनबल थुलुङ
दीपक थुलुङ

भेलाले नयाँ समिति गठन गरिरहँदा प्रतिष्ठानका अध्यक्ष निर्कुधन थुलुङ भन्छन्,

“हामी यो केन्द्रमा रहिरहँदा यहाँ फेसबुकै संवादले केही गर्न सक्दैनौं” । उनी थप्छन्, थुलुङहरुको भाषा तथा संस्कृतिहरु संक्रमणकालिन अवस्थामा रहेको छ । हामी यत्ति मर्ज भईरहँदा कमसेकम सहकार्यमा काम गर्न चाहिँ धेरै सजिलो हुन्छ । सबैको मनसाय फुटेर होईन, जुटेर गर्नुपर्छ, उनले भने ।

त्यसैगरि भेलालाई अझ नियालेर बरिष्ठ उपाध्यक्ष खुक्सङ खम्बु थुलुङ भन्छन्,

“यो एकताले थुलुङ राईहरुको जीवनमा कायापलट गर्न चाहेरै यो सबै काम हामी गरिरहेका छौं । यसको अर्को ध्येय के पनि हो भने, यो बाटोबाट हामी अगाडी बढ्यौं भने, भविष्यमा आईपर्ने हरेक समस्यासँग हामी ट्याकल गर्न सक्छौं ।”

थुलुङ भाषा तथा संस्कृतिलाई राख्नका लागि केन्द्र स्तरदेखि स्थानीय तहसम्म नै यसको विस्तार हुनेपर्ने विचार धेरैभन्दा धेरै आएका थिए ।

यसैबीच भाषा तथा संस्कृति उत्थानका लागि यससँग सम्बन्धित रहेका विभिन्न विभागहरु ज्स्तैः प्रचार–प्रसार विभाग, कार्यक्रम विभाग लगायतका अन्य विभाग पनि गठन गरिनुपर्ने विचारहरु आएका थिए ।

यि सबै कामहरु नयाँ समितिको पहिलो बैठकले गर्ने प्रतिबद्धतासमेत पदाधिकारीहरुबाट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्