‘पिच रोड’ पछि समिर र विद्याको नयाँ गीत रिलिज, टिकटकका किङ्ग मन्जिल र आँचल फिचर्ड



२७ पुष २०७५, काठमाडौँ

आजको समयमा टिकटक पनि निकै लोकप्रिय सामाजिक सञ्जाल हो । जसलाई आजकल अधिकांशले प्रयोग गर्ने गर्छन् । टिकटक बाट नै धेरैजना सेलेब्रेटि बनिसकेका छन् । टिकटक मानिसलाई मनोरञ्जन दिने रमाइलो माध्यम हो । त्यहि टिकटकबाट अहिले चम्किएका एक युवा हुन्, मन्जिल बस्नेत । मन्जिलको टिकटकमा लोभलाग्दो फ्यान फलोइङ छ ।

तिनै मन्जिलले पहिलो पटक खेलेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यसअघि पिच रोड बोलको गीत निकालेका समिर र विद्याको आवाजमा रहेको घाममा सुकाइदेउ बोलको गीतम मन्जिल र चर्चित नायिका आँचल शर्मालाई फिचरिङ गराइएको छ ।

निकै डान्सिङ शैलीको गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् । यसअघि विद्या र समिरको पिच रोड गीतले सर्वाधिक सफलता पाएको थियो । गीतमा समिरकै शब्द र संगीत रहेको छ । उक्त गीतमा मन्जिल र आँचलको निकै मिलेको केमेष्ट्रि देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्