नेपाल छोडेर जादैँछिन् सबैकी प्यारी सेड्रिना, भावुक हुँदै गरिन् आफूलाई नबिर्सन आग्रह



२७ पुष २०७५, काठमाडौँ

सेड्रिना शर्मा चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । उनी चलचित्रमा मुख्य भूमिकामा नै थिइन् । पहिलो चलचित्रबाट नै उनी अत्याधिक सफल हुन पुगिन् । उनको अभिनय र सुन्दरताको सबैले मुक्तकण्ठले प्रशंसा गरे । त्यसपछि सेड्रिनाको चर्चा जताततै हुन थालेको छ । उनले केहि म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

सेड्रिनाका फ्यानहरुका लागि एउटा दुखको खबर आएको छ । सबैकी प्यारी सेड्रिना अब नेपाली चलचित्र क्षेत्रबाट केहि समयको लागि टाढिदैँ छिन् । थोरै समयमा नै सबैको मन जितेकी सेड्रिना अब नेपाल छोडेर जादैँछिन् । उनी आफ्नो पढाइ पुरा गर्नको लागि चाडैँ नै नेपाल छोडेर अन्यन्त्र जादैँछिन् । उनी अब आफ्नो पढाइ पुरा गरेर मात्रै नेपाल फर्कने बताउँछिन् ।

सेड्रिनाले आफूलाई पनि नेपाल छोडेर जाने कुरा सम्झने बित्तिकै रुन मन लाग्ने बताइन् । उनले आफूलाई यसरी नै सधैँ माया गरिदिन सबैलाई अनुरोध गरिन् । त्यतिमात्र नभएर सेड्रिनाले आफूलाई नबिर्सिदिन आग्रह पनि गरिन् । सेड्रिना देश छोडेर जाने कुरा गर्दा निकै भावुक बनेकी थिइन् । तर उनले आफू फेरि नेपाली चलचित्रमा फर्कने बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्