अति भो ! मदन-आश्रितको हत्यास्थलमा पूर्व एमालेको भट्टी पसल 



२५ पुस २०७५, काठमाडौँ

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चोला उडाएको ठाउँ हो -दासढुङ्गा।  हत्या अघि न त्यो ठाउँको चर्चा थियो, न कसैले नामै सुनेका थिए , थिएभनेपनि केही सय स्थानीयहरुले सुनेका थिए ।

विपी राजमार्ग नबन्दासम्म अधिकांश नेपालीको काठमाडौँ यात्रा त्यहि बाटो भएर तय हुन्थ्यो। सिन्धुलीबाट काठमाडौँ आउँदा विद्यार्थीकालमा रात्री वा दिवा जुन बसमा आएपनि दासढुङ्गा आएपछि मेरो शीर निहुरीने गर्थ्यो। मन अमिलो हुन्थ्यो। अन्य मोडका प्राय: यात्रीहरु दासढुङ्गा आउँदा फरक मोडमा देखिन्थे। धेरैमा पीडाबोधको भावना प्रष्ट देखिन्थ्यो।

यात्राको क्रममा धेरै पटक हामी साथीहरु मिलेर चढेको गाडी रोक्न लगाएरै राजनेताको स्मृतिमा निर्माण गरिएका शालिकलाई सलाम गर्दै “तिम्रो सपना साकार पार्न हामी निरन्तर लाग्नेछौँ – भनेर कसम खान्थ्यौँ।” अरु यात्रीले पनि त्यसो गरेको देख्दा निकै खुशी लाग्थ्यो !

कुनै दिन देशमा शक्तिशाली कम्युनिष्ट सरकार बन्यो भने दासढुङ्गामा जीवन गुमाएका तिनै दुरद्रष्टा राजनेताको  स्मृतिमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको स्मारक पार्क वा संग्रहालय बन्ला भन्ने कल्पनाले मलाई साह्रै खुशी बनाउँथ्यो। केही देशको भ्रमणमा देखिएका त्यस्ता पार्कहरुको महत्व बुझेपछि पक्कै हाम्रा नेताले पनि त्यसबाट सिक्लान भन्ने ठूलो भरोषा थियो।

मेरो देशमा आज कम्युनिष्ट पार्टीको शक्तिशाली सरकार छ। तिनै प्रिय नेताको रगतको छिटाले यो सरकारमा पनि लत्पतिएको छ । अझ प्रष्ट भन्दा तिनै नेताको विचारले नेपाली कम्युनिष्ट सरकार र आन्दोलन आजको उचाईमा पुगेको छ। यो सरकारले त्यो भूमिलाई स्मृति योग्य बनाउला वा नबनाउला त्यो हेर्न केही वर्ष कुर्नु नै पर्ला !

हाम्रा प्रिय नेताको हत्या गरी पक्कै पनि विरोधीले राजनीतिक स्वार्थ पुरा गर्यो होला। तर आफुलाई उनकै चेला भन्न रुचाउनेहरुले सिमित स्वार्थका लागि दासढुङ्गा जस्तो पीडादायी स्थलमा मनोरञ्जन, मोजमस्ती र भट्टी पसल खोलेर के नै कमाउँछौँ हो मित्रहरु ?  त्यो पीडादायी भूमिमा अरुलाई मताएर कमाएको धनले के-के गर्छौं तिमीहरु ? मलाई लाग्छ न तिमीहरु  विनोद चौधरी बन्न सक्छौँ, न विल गेट्स न वारेन बफेट !  पैसा नै कमाउन हजार बाटाहरु हुँदा हुँदै किन जनप्रिय नेताको हत्या स्थललाई नै छान्यौं तिम्रो भट्टी पसल खोल्न ? त्यी राजनेता मार्ने विरोधी र मारेकै ठाउँमा साथीभाई बोलाएर रक्सीको नशामा मज्जा गर्ने तिमीहरुमा के नै भिन्नता भयो र ?

तर म सुन्दै छु, मेरा प्रिय नेतालाई योजनाबद्ध रुपमा हत्या गरेको त्यो पीडादायी ठाउँमा उनकै कार्यकर्ताले भट्टी पसल खोल्दै छन् रे -दासढुङ्गा रिसोर्टको नाममा।

शुरुमा मैले विश्वास नै गर्न सकिन । त्यी राजनेता, जसको विचारले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा हुदा नेपाली कम्युनिष्ट आन्दोलन लोकप्रिय बन्दै गयो। जसको विचारले आजको नेपाली कम्युनिष्ट आन्दोलन विजयीको शिखरमा पुग्यो । उनकै विचारले स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सत्ता संचालन गर्ने हैसियतमा पुगे।  त्यहि पार्टीका सदस्य वा कार्यकर्ता भन्न रुचाउनेहरु त्यी महान नेताको हत्या गरी चर्चित बनेको त्यो ठाउँमा रक्सीको नसामा लठ्ठीदै रङ्गीन संसारमा पुग्ने भट्टी पसल खोल्दै छन् रे !

कमरेडहरुको त्यो समूह, जसले संसार घुमेको छ। दुनियाँ बुझेको छ, राम्ररी जान्दछ कि त्यस्ता ठाउँहरुमा  स्मृति पार्क, म्युजियम वा त्यी महान नेताको कुनै स्मरण योग्य स्थल बनाईन्छ। सबै कुरा बुझेर,जानेर पनि एउटा पेशामाथि अर्को पेशा थप्न र भईरहेको आम्दानीमा केही बढाउन किन मेरा नेताको हत्या गरेको ठाउँलाई नै रोज्नु भो तपाईहरुले ?


कमरेडहरु;
नेपाली भूमिमा खोजेको रोजगार नपाएर ४० लाखभन्दा बढी युवाहरू आफ्नो जीवन निर्वाहका लागि खाडीको तातो घाममा आफूलाई सेकिरहेका छ्न्  । द्वन्दको कारणले शारीरिक र मानसिक चोट भोग्न बाध्य योद्धाहरु सकेको काम गरेरै जीवन निर्वाह गरिरहेका छ्न । हजारौं एकल महिलाहरु पिठ्युँमा बालबच्चा बोकेर बारीमा खन्दै, सडक छेउमा मकै पोल्दै जीवन निर्वाह गरिरहेका छन्।

तिम्रो व्यापार त राम्रै होला। विदेशी मात्र हैन। आफ्नै पार्टी र विरोधीहरु जो त्यी राजनेताको हत्यामा रमाएका थिए वा छन् – २/४ प्याग बढी पीएर आनन्दित होलान । तिम्रो सरदर विलमा केही हजार थपिएला तर त्यो सबै गर्दा तिमीलाई अलिकति पनि आत्मग्लानी नहोला र ?

जीवन निर्वाहको लागि सडकमा माग्ने मात्र हैन, गाएर, बजाएर वा गिट्टी नै कुटेर पनि लाखौ लाख श्रमजीवीहरु आफ्नो जीवन निर्वाह गरिरहेका छन्।  अति कष्टपूर्ण जीवन निर्वाह गर्ने त्यी लाखौ-लाख श्रमजिविहरु जीविकोपार्जनको लागि न नैतिकता बेच्छन न ईमान नै ! तर तिमीहरुले  जीवन निर्वाहका लागि पनि होईन; व्यापारको लागि; खानलाउन पुग्दा पुग्दै भएको सम्पतीमा केही थप्नका लागि अरुलाई बेहोसी बनाई पैसा कमाउने स्थलमा किन दासढुङा नै रोज्यौ ?

हाम्रा प्रिय नेताको हत्या गरी पक्कै पनि विरोधीले राजनीतिक स्वार्थ पुरा गर्यो होला। तर आफुलाई उनकै चेला भन्न रुचाउनेहरुले सिमित स्वार्थका लागि दासढुङ्गा जस्तो पीडादायी स्थलमा मनोरञ्जन, मोजमस्ती र भट्टी पसल खोलेर के नै कमाउँछौँ हो मित्रहरु ?  त्यो पीडादायी भूमिमा अरुलाई मताएर कमाएको धनले के-के गर्छौं तिमीहरु ? मलाई लाग्छ न तिमीहरु  विनोद चौधरी बन्न सक्छौँ, न विल गेट्स न वारेन बफेट !  पैसा नै कमाउन हजार बाटाहरु हुँदा हुँदै किन जनप्रिय नेताको हत्या स्थललाई नै छान्यौं तिम्रो भट्टी पसल खोल्न ? त्यी राजनेता मार्ने विरोधी र मारेकै ठाउँमा साथीभाई बोलाएर रक्सीको नशामा मज्जा गर्ने तिमीहरुमा के नै भिन्नता भयो र ?

सुनेको थिए संस्कार र संस्कृतिबाट विचलित हुँदै जाँदा आजको पुस्ताले आफन्त छोड्न सक्छ। जीवनभरी साथ दिन्छु भनेर दुख:मा जोडेको नातालाई सिमित स्वार्थमा तोड्न सक्छ। साथीलाई प्रयोग र उपयोग गर्दै उक्लिएको शिखरमा पुगेपछि चढाउनेलाई देख्दै देख्दैन । साथीलाई नै थिचेर बनाएको भर्याङ्गबाट उक्लेपछि फर्किएर हेर्दै हेर्दैन। चटक्कै त्याग्न सक्छ तर तिमीले त त्यी सबैलाई माथ गर्दै राजनेताहरुको हत्या गरेको त्यो पीडादायी स्थललाई नै नशामा लठ्ठिएर मनोरञ्जन गर्ने स्थल बनाउँदै छौं रे !

तिम्रो व्यापार त राम्रै होला। विदेशी मात्र हैन। आफ्नै पार्टी र विरोधीहरु जो त्यी राजनेताको हत्यामा रमाएका थिए वा छन् – २/४ प्याग बढी पीएर आनन्दित होलान । तिम्रो सरदर विलमा केही हजार थपिएला तर त्यो सबै गर्दा तिमीलाई अलिकति पनि आत्मग्लानी नहोला र ?

कमरेड, मदन/आश्रितको अन्त्योष्टिमा पशुपति गई शीर निहुर्याउदै फूल चढाएको कत्ति चाँडो विर्सिएको ? कि त्यो बेला पदीय हैसियत देखाउनकै लागि मात्र तिमीले फूल चढाएका थियौँ ?

मेरो सुझाव दिने हैसियत त छैन तर अनुरोध गर्छु, कमरेडहरु ! अझैपनि आफूलाई कम्युनिष्ट भन्न रुचाउँछौँ भने, त्यो बेला मन नै नमानी नमानी शीर निहुर्याउदै चढाएको फूलको याद गर्न सक्छौ भने तिमीलाई त्यो बेला देख्नेहरुलाई भ्रम परेको र मदन आश्रितको त्यो महान आत्माले तिमीलाई सम्झिएको कल्पना गर्न सक्छौँ भने कृपया त्यो भट्टी खोल्ने जग्गा सरकारलाई दान देउ र राजनेताको स्मृतिमा केही सामाजिक काम गर ! तिम्रो त्यो घोषणा सभालाई राष्ट्रिय मुद्दा बनाउन म मेरो संचार गृह, मेरा साथीहरु र मेरो सबै क्षमतालाई प्रयोग गर्छु । जरुरी परे राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्न लाग्ने खर्च जुटाउन प्रयास गर्छु। मेरा नेताको  स्मृतिमा बन्ने स्मृति स्थलको हिस्सामा मेरो दिलबाटै १ ईटा थप्न तयार छु ।

याद गर ! तिमीले नैतिकता गुमाउँदै पैसा कमाउनकै लागि मेरा प्रिय नेताको हत्या स्थलको दुरुपयोग गर्यौ भने म बाचुन्जेल लेखिरहने छु। तिमी, तिम्रा सहयोगी र त्यो भट्टीमा खानेहरुको जीवनकथा ! यद्धपी म कामना गर्छु, मेरो यो विचार अन्तिम बनोस ! यात्रा गर्दा मेरा प्रिय नेता मारिएको त्यो भूमिमा रक्सीको नशाले  लट्ठीएको विरोधीले आनन्द मान्दै मन्दमुस्कानमा खुशी भएको म हेर्न सक्दिन  !

प्रतिक्रिया दिनुहोस्