दृढ संकल्प बोकेका समाजसेवि युवा, स्काई राईको कथा ! (भिडियो सहित)



२४ पौष २०७५, काठमाडौं

नेपाल एक विकासोन्मुख राष्ट्र हो । यहाँ विभिन्न क्षमता, हैसियत, वर्गका मानिसहरु बसोबास गर्छन् ।

नेपाली समाजमा अझै पनि विकासले गति लिएको छैन । यसको मुख्य कारण हो, नेपाली समाजमा उत्पादित नेपाली युवा शक्ति विदेशी भूमी पलायन हुनु ।

यो समयमा साँच्चै नेपाली युवाहरु विदेशी भूमीमा पसिना बगाईरहेका छन् । यो बाध्यात्मक परिस्थिती भए पनि नेपाली समाजमा भएका युवाजमातले त्यो सोच्न आवश्यक छ । विदेशी भूमीमा बगाईएको पसिनालाई नेपालमै बगाईयो भने, यहाँ पनि केही हदसम्म प्रगतिका मुलहरुलाई भेट्टाउन सक्छ ।

यि कुराहरुलाई नियालिरहँदा फेरी सबै नेपालमा उत्पादित तथा दक्ष जनशक्ति सबै विदेशी भूमीमा नै होमिएका छन् भन्ने भने पक्कै होईन ।

यहाँ पछिका लागि केही गर्न खोज्ने युवा पनि भेट्टाउन सक्छौं हामी, जसले अहिले दिनरात खटेर आफ्नो लक्ष्य भेट्टाउनमा हर प्रयास रहिरहेका छन् ।

आफ्नो लक्ष्य उपरमात्रै छैन, त्यो सबै कर्म त्यहाँ एक स्वाच्छ भाव पनि लुकेको छ, समाजसेवा अनि धर्मात्मा कामको ।

यसको एक बलियो अनि दृढ उदाहारण हुन् : स्काई राई,,,,,,,

जो अहिले नेपाल अनि नेपालीका नेपाली समाजमा भोलीका लागि केही गर्न खोजिरहेका छन् । नेपाली समाजमा भोलीका निम्ति केही गर्न खोज्ने एक युवा भेट्टाईए ति मान्छेको नाम हुनेछ– स्काई राई

गर्न त सक्लान् अरु पनि धेरै ब्यक्तिले धेरै युवाले तर, त्यहाँ । तर, त्यहाँ एक खालको त्याग हुनुपर्छ, सुरु गर्ने मान्छेकै अभिभारा हो, त्यसको फत्ते पनि ।

उनले अहिले एक उदाहरणीय र सराहनीय काम गर्न खोजिरहेका छन्, जसको लक्ष्य छ, अथाह,

हेर्नुहोस् भिडियो–

वि. स. २०६१ सालमा स्थापना भई अहिलेसम्म लगातार सकारात्मक कर्म गर्नमा अग्रसर रहने संस्था छाँगे युवा समाजका अध्यक्षसमेत रहेका स्काई राई अहिले ७७ वटै जिल्लामा लाईब्रेरि स्थापना गर्ने ध्येयका साथ लागेका छन् ।

त्यत्ति मात्र पनि होईन, उनको उद्देश्य, उनले देशका विभिन्न बिकट गाँउका अनार्थलयहरुमा पुगेर त्यहाँका समस्यालाई बुझि सके समस्या समाधान गर्ने र नसके केही हदसम्म सहयोग गर्ने गरेका छन् ।

त्यस्तै उनको नेतृत्वमा काठमाडौं लगायतका विभिन्न स्थानहरुमा सरसफाई समेत गरिएका छन् । यि सबै प्रसंशनीय काम गर्नको पछाडी पनि स्काई राईकै नाम जोडिन्छ ।

एउटा कामलाई राम्रोसँग फत्ते गर्ने मान्छेले अर्को कामलाई पनि उत्तिकै महत्वका साथ निभाउन खोज्छ । यो एक कुशल गुण स्काई राईमा जिवन्त छन् ।

उनी शिक्षण पेशाबाट समेत टाढा रहेनन् । काठमाडौं बौद्धमा अवस्थित ‘समता शिक्षा निकेतन’ मा शिक्षण पेशा समेत सम्हालिसकेका उनी अहिले भने एक कुशल समाजसेवि बन्न चाहन्छन् ।

परिवर्तन खबरसँग कुराकानी गर्दै उनी भन्छन्, ‘शिक्षण पेशा पनि मेरो हब्बी हो, यसलाई पनि मैले आफ्नै डिउटीकै रुपमा निभाउन पाएँ । धेरै खुसी छु ।’

भोजपूर पुख्यौली घर भएको स्काई राई, आफु भने काठमाडौंमै जन्मेको कुरा बताउँछन् ।

एक सज्जन युवा स्काईले यि सराहनीय काम गरिरहँदा उनी आफै भन्छन्, ‘यि सबै काम गर्नको लागि एक व्यवस्थित कार्यायल भईदिएको भए, कत्ति सजिलो हुन्थ्यो । होला,,, मलाई । त्यो भएर अब चाहिँ छिट्टै एउटा व्यवस्थित कार्यालय बनाउने सोचमा छु । तर, धेरै गाह्रो हुन्छ । सबैभन्दा पहिले जहाँ पनि आर्थिककै कुरा अगाडी जोडिन्छ । यसको अभावमा गाह्रो हुँदोरहछ ।’

उनीअझै थप्छन्, ‘अहिलेसम्म मेरो कार्यालय भनेको मेरै बेड हो । यो समस्या झैल्दै भएपनि केही गर्ने आशा भने मनमा जिउँदै छ । बेडमै सबै कामगर्न पर्दा धेरै गाह्रो हुन्छ, कार्यालय मात्रै पनि विनाभाडामा दिने मान्छे पाए कत्ति सजिलो हुन्थ्यो, काम गर्नलाई ।’

भोजपूरमा यसअघि नै लाईब्रेरि स्थापना गरिसकेका उनले सोलुखुम्बुमा पनि स्थापनाको क्रममा रहेको कुरा बताउँछन् । उनी भन्छन्, सम्भव भएसम्म नेपालको ७७ वटै जिल्लामा लाईब्रेरि स्थापना गर्न मन छ । हेरौं कत्ति सम्भव हुन्छ ।

एक सामाजिक अभियान्ता, जो भर्खरका युवा, तर सोच भने सदैव ठुलो । जसले सोच्छ, ठुलो त्यसले मझौलासम्म प्राप्त गर्न सक्छ, जसले मझौला पाउने आशाले परिश्रम गर्छ, उसले अवश्य पाउँछ, सानो र जसले सानो चुम्ने धोको राख्छ, त्यसलाई सफलता मिल्न धेरै मुस्किल हुन्छ ।

त्यहिँ भिडबाट हमेशा ठुलोको आशा राख्ने एक सच्चा र सज्जन युवा हुन् स्काई राई,,,,,,,

एक सामान्य परिवारमा जन्म लिएका उनी साधा जीवन अनि उच्च विचारका साथ बाँच्न चाहन्छन् । लाईब्रेरि स्थापनाका लागि घाम, पानी, हुरी, आँधि, बतास, झरि र चिसो केही पनि नभनी लाईब्रेरिसम्बन्धि आवश्यक सामानहरु संकलन गर्न विहान ६ बजेनै कलेज कलेजमा पुग्ने उनी साँच्चै नै अब आउने पीढिँको लागि प्रेरणाका श्रोत हुन् ।

उनी भन्छन्, ‘मैले जत्ति सोचेको छु, त्यो सबै काम राम्रोसँग सम्पन्न गर्न सक्थे होला । मैले शायदै राम्रो डोनर अथवा लगानीकर्ता पाएको भए ।’

अन्त्यमा,,,,,,,,

स्काई राई, साँच्चै नै एक समयसापेक्ष उत्तरदायित्व वहन गर्ने एक नेपाली युवा हुन् ।

जो अब आउने पिँढीका लागि प्रेरणाका श्रोत हुन् ।

मानव जीवनका आधारभूत आवश्यक्ता सँग जोडिएको शिक्षाले एक ब्यक्तिको जीवनमा खास खास भूमीका खेल्छ । यसैसँग सम्बन्धित कामहरु स्काईको सोच अनि हातबाट भईरहँदा किन हामी चाहिँ चुप लाग्ने ?

आउनुहोस् हामी पनि सहयोगिहातहरु लम्काऊ ।

नेपाललाई वर्तमानमा नभए पनि भविष्यमा एक समृद्ध बनाऔं,

बाँचौं अनिब चाऔं ! !

प्रतिक्रिया दिनुहोस्