सावोमी मिएड लिटको मोवाइल नेपाली बजारमा



सावोमीको मिएड लिटको मोबाइल फोन नेपाली बजारमा आएको छ ।

हालै बजारमा आएको मोबाइलको आकर्षक सेल्फी रहेको उक्त कम्पनीले जनाएको छ । सावोमीको फल्यागसिप मिएट सिरिजको सबैभन्दा नयाँ मोडल हो । बजारमा आएको मोबाइल फोन सामाजिक सञ्जाल प्रयोगकर्ताको लागि र उत्कृष्ट फोटोग्राफी अनुभव गर्न रुचाउने युवापुस्तालाई ध्यानमा राखी तयार गरिएको समेत बताईएको छ ।

सावोमी नेपालका कन्ट्रीमेनेजर सौरभ कोठारीका अनुसार सुपथ मूल्यमा उत्कृष्ट स्र्माट प्रविधियुक्त मोबाइल फोन रहेको बताए । विभिन्न रङमा उपलब्ध यस मोबाइलको बजार मूल्य ३१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्