उपन्यासहरुको भिडमा एक उत्कृष्ट उपन्यास… ‘लाहुरेनी फूल’ (भिडियो सहित)



२२ पौष २०७५, काठमाडौं

नेपाली साहित्य आकाशमा विभिन्न किसिमको साहित्यिक लेख तथा रचनाहरु भित्रिरहेका छन् । कथा, कविता, निबन्ध, गजल, मुक्तक तथा उपन्यास नै पनि किन नहोस् ।

तर, त्यस्ता साहित्यिक लेख तथा रचनाहरु, कमै हुन्छन्, जुन लेख अनि रचनाले आम–पाठकहरुको मन अनि मस्तिष्कलाई छोईरहन सकोस् । यहाँ एउटा यस्तो उपन्यासको जन्म भएको छ । जुन सदाबहार बनेर घचघचाईरहने छ, आम–नेपाली पाठकहरुको ढुकढुकीलाई ।

जुन, उपन्यास हो, ‘लाहुरेनी फूल’,,,,,,,,

लेखिका सुष्मा रुपाबुङ्गसँग गरिएको कुराकानीको भिडियो :

अनि यस्तो एक सदाबहार उपन्यास लेखिका हुन्,,,,,,,,हाम्रो नेपाली चेली सुष्मा रुपाबुङ राई,,,, जसका लेखन शैलीमै जादु, अनि लेख्ने कलममै टुना,,,,,,

यहाँ धेरै किताबहरु लेखिन्छन् । अनि लेखिन्छन् धेरै साहित्यिक रचनाहर पनि…………. तर, आम–पाठकलाई छुने साहित्यिक रचनाहरु कमै पाईन्छन्, यहाँ,,,,,,,,,

तर, यि सबै कुराहरलाई नियालिरहँदा यो हैनकी, नेपाली समाजमा सबै साहित्यकारहरुमा साहित्यको रस अनि राग छैन । यहाँ, अझै लक्ष्मी प्रसादहर जीवितै छन्, यहाँ, लेखनाथहरु बाँचेकै छन्, रमाएकै छन् भूपीहरु, अनि हाँसेकै छन्, हरिभक्तहर…..

तर, यहाँ कुरा त्यो उपन्यसको हो । जुन उपन्यासले अहिले नेपाली समाज तताईरहेको छ । नेपाली साहित्यिक आकाशमा उदाएको एक न्यानो उपन्यासहो । ‘लाहुरेनी फूल’ जसले छोएको छ, आम नेपाली पाठकलाई अनि भाव बोकेको छ, आम नेपाली समस्या अनि यहाँकै ट्रेनको‘‘‘‘
‘लाहुरे नीफूल’ एउटा यस्तो उपन्यास हो,,,,,,जुन, उपन्यास एक निपुणः श्रष्ठाद्वारा लेखिएको छ ।

सुष्मा रुपाबुङ राई, एक निपुणः लेखिका हुन् । जसले यस उपन्यासलाई आम–पाठकहरको लागि ज्यादै सरल अनि सजिलो भाषामा लेखेकी छिन् ।

उनको त्यो कलाले त झनै आम–पाठकहरुलाई लोभ्याएकै छ । जसले नेपाली समाजमा भएको सकारात्मक पाटो र नकारात्मक पाटोलाई एक सरल कथाको माध्यमबाट उठाएको छ ।

यसले ति समस्यालाई मात्र पनि विषय बनाएको छैन । यसभित्र विशेषतः सांस्कृतिक मनोविज्ञानले किशोर अवस्थाबाट युवावस्थामा प्रवेश गरिसक्दासम्मको उथलपुथल तथा विकल्पविहीन सपनाहरुको मेलोलाई उत्तिनै प्राथमिकतामा राखेर एक सजिलो कथाको रुपमा उदृढ गरिएको छ ।

तर, यहि संस्कृतिले मानिसको पारिवारिक जीवनमा ल्याउने परिवर्तन वा ब्यक्तिगत जीवनमा पुर्याउने असरहरुलाई पनि उपन्यासले मुख्य रुपमा प्रस्तुत गरिएको छ ।

यि अद्भुत कलाहरु हो । लेखिका सुष्मा रुपाबुङको,,,,,,,,

यति मात्र नभएर उपन्यासको कथाभित्र एक पुरुष अनि एक नारीको प्रेमकथालाई पनि उठान गरिएको छ । जीवनमा प्रेम, मायाँ, स्नेह अनि ममताको पनि उत्तिकै आवश्यक्ता हुन्छन् भन्ने कुरालाई उठाईरहँदा यसले यसमा भएको समस्यालाई उठाउन पनि भुलेको छैन । शायद यसैलाई भनिन्छ, ‘अथोरको सेन्सिभिटी’ यहि कला त छ, सुष्माको लेखनमा………..

उपन्यास ‘लाहुरेनी फूल’ का लेखिका सुष्मा भन्छिन्, “मैले यो उपन्यासलाई पाठकहरसामु प्रकाशनमा ल्याईरहँदा मलाई हरेक ठाँउमा साथ अनि सहयोग गर्ने र मेरो पहिलो पाठक तथा आलोचक मेरो जीवन साथी संजीव पारदर्शीलाई पनि विशेष आभार प्रकट गर्न चाहन्छु । उहाँको सहयोग नभए मैले शायद यो पुस्तक पाण्डुलिपी तयारी गर्नसम्मदेखि लिएर अहिले लोकार्पण गर्ने कामसम्मका काम गर्न शायदै गाह्रो हुन्थ्यो । ”

संजीव थप्छन्, म सुष्मालाई जीवनको हरेक अप्ठ्यारोमा साथ दिँदै आगाडी बढ्न चाहन्छु । म उनको लेखन शैलीको फ्यान हु । राम्रो लेख्छिन्, त्यसैले पनि मैले उनलाई सहयोग गर्ने पर्छ ।

शायद यस्तो आत्मियता भएर पनि होला, सुष्माको यो उपन्यास सफल भएको छ । संजीव विगत ९ वर्षदेखि विदेशी भूमीमा आर्मीको रुपमा कार्यरत छन्, ।

यो अवस्थालाई हेर्दा यो कथा त तपाई आफ्नैको जस्तो लाग्यो नि ? भनेर सोधिएको प्रश्नको उत्तरमा सुष्मा भन्छिन् । “यो एक नितान्त प्रेम कथा हो, र यसभित्र केही समाजमा देखिने गरेको विचलनपनलाई पनि दर्साउन खोजिएको छ । तर, देख्न चाँही त्यस्तै देखियो, यो अवस्थालाई हेर्दा ।”

सुष्माको पहिलो उपन्यास कृति,,,,,‘लाहुरेनी फूल’ वास्तवमै एक नेपाली समाजको एक प्रतिबिम्बहो ।

सानैदेखि लेखनमा रुची भएकी सुष्मा अन्ततः एक सफल लेखिका भईन् । कथा, गजल, गित तथा फुटकर कविताहरु कोरिरहने उनी वास्तवमै अहिले भने एक उपन्यास लेखिका भनेर संज्ञा पाएकी छिन् ।

जीवनमा धेरै अनुभवलाई ग्रहन गर्ने क्रममा उनले शिक्षण पेशालाई पनि सम्हाल्ने मौका पाएकी थिईन् । उनी भन्छिन्, “यसबाट पनि मैले धेरै अनुभवहरुलाई बटुल्ने अवसर पाएको थिएँ ।”

गत पौष १५ गत मात्र लोकार्पण भएको उपन्यास ‘लाहुरेनी फूल’ अहिले धेरै विक्रि हुने गरेका छन् ।

फिनिक्स बुक्सले प्रकाशन गरेको सो उपन्यास ‘लाहुरेनी फूल’,,,,,,,,भविष्यमा एक सदाबहार,,,,,उपन्यास बन्नेछ ।

अन्त्यमा !

लेखिकालाई भावी दिनहरुमा पाठकसामु आउने कृति तथा लेखहरु सफलताको कामना !

भिडियो हेर्नुहोस्–

प्रतिक्रिया दिनुहोस्