इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरुले मनाए टोपी दिवस (फोटो फिचर)



१८ पौष २०७५, काठमाडौं

अंग्रेजी नयाँ वर्ष जनवरी 01 को अवसरमा इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली टोपी दिवस मनाएका छन् ।

इजरायलको प्रशिद्ध कलेज आस्कलनमा अध्ययनरत नेपालीहरु विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने टोली लगाई टोपी दिवस मनाएका हुन् । कलेजमा नेपाल लगायत सुडान, संयुक्त राज्य अमेरिका तथा अन्य देशहरुको विद्यार्थीहरुले पनि सहभागित जनाएको बताईएको छ ।

नेपाली टोपीको बारेमा नेपाली विद्यार्थीहरुले अन्य देशका विद्यार्थीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपाली लोक संस्कृति झल्कने नृत्यसमेत प्रस्तुत भएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्