युएईको दूतावास नयाँ स्थानमा सर्दै



१० पुस २०७५, युएई

संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावीमा रहेको राजदुतावास पौष १५ बाट सर्ने भएको छ । हाल अल करा क्षेत्रमा रहेको दूतावासको घरधनी सँगको ५ वर्षे करार अवधि सकिएसँगै नयाँ स्थानमा सर्ने घरधनीसँग सम्झौता भएको छ ।

हाल राजदुतावास रहेको स्थान सेवाग्राहीको लागि असहज, पर्याप्त स्थानको अभाव, र मुख्य बस स्टेशनबाट पनि पुन ट्याक्सी चढेर मात्रै पुग्न सकिने स्थानमा हुँदा टाढाका अन्य राज्यबाट आउने  सेवाग्राहीले थप पैसाको भारसँगै समय खेर जाने गरेको थियो । सेवाग्राहीको सेवा र सुविधालाई ध्यान दिदंै नेपाल र युएईको परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर नयाँ स्थानमा दूतावास सार्ने निधो गरिएको दूतावासले जनाएको छ ।

दूतावासको स्थान्तरणपछि कार्यालय प्रयोजनका लागि आवश्यक नयाँ भवनका लागि घरधनीसँग गत आईतबार ५ वर्षको सम्झौता गरिएको नेपाली दूतावासका कार्यवहाक राजदुत सागर फुँयालले जानकारी दिए । करिब १० हजार वर्ग्िफट क्षेत्रफलमा फैलिएको दूतावास परिसरमा १८ कोठाको साढे ३ तले भवन, सभा हल र महिला सुरक्षित आवास गृह रहने फुयाँलले बताए ।

पौष १५ गते आइतबार (डिसेम्बर ३०) बाट नयाँ कार्यालयबाट सेवा प्रदान गरिने छ । दूतावासको हाल रहेका इमेल, वेवसाइट, फोन नम्बरमा भने कुनै परिवर्तन हुनेछैनन् र सोही अनुसार सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

नयाँ कार्यालय पुग्न आबुधावीको मुख्य बस स्टेशनबाट मात्रै ३०० मिटरको दुरी छ ।

प्रतिक्रिया दिनुहोस्