नेसनल युनाईटेडमा बास्केटबल प्रतियोगिता जारी



०३ पुस २०७५, काठमाडौं

हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको प्रथम नेसनल युनाइटेड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०१८ को पाचौँ दिन स्काइलार्क स्कूलको ब्वाइज टिमले टि.आई.ए. स्कूललाई ३२-१७ ले पराजित गर्याे ।

अन्य खेलहरुमा ग्रिनल्यान्डले भ्याली पब्लिक स्कूललाई २०-१३ ले हराउँदा गोल्डेन पिक स्कूलले इडनब्रिज एकेडेमीलाई २६-१३ ले हरायो भने एन्जल हर्टले लागिगुँरास स्कूलमाथी ३६-२५ को जित निकाल्यो ।

त्यसैगरी गर्ल्सतर्फ आ-आफ्नो खेलमा जित हासिल गर्दै चाँदबाग स्कूल र ग्रिनल्यान्ड स्कूल सेमिफाइनल प्रवेश गर्न सफल भए । प्रतियोगिताको पुरस्कार वितरण सहित यहि पौष ६ गते शुक्रबार समापन गरिने आयोजक विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्