कर्मचारीको आन्दोलनले जनतालाई सास्ती



०३ पुस २०७५, इटहरी

संघीय सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीलाई दोस्रो दर्जाको कर्मचारीको रुपमा हेरेको तथा अध्यादेश मार्फत ल्याएको समायोजन ऐनमा स्थानीय तहमा बर्षौदेखी काम गर्दै आएका कर्मचारीहरुलाई वेवास्ता गरेको भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।

तर कर्मचारीको आन्दोलनले पनी जनताले सास्ती खेप्नु परेको छ । सरकारले हालै अध्यादेशमार्फत ल्याएको कर्मचारी समायोजन ऐन २०७५ ले पेशागत स्थायित्व र कर्मचारी समायोजनको लागि सबै सेवा बीचमा समान व्यावहार नभएको भन्दै स्थानीय तहका कर्मचारीहरु देशव्यापीरुपमा आन्दोलनको घोषणा गरेका हुन् । देशव्यापी आन्दोनलको क्रममा इटहरीमा पनि स्थानीय आन्दोलन परिचालन समिति गठन भई सो समितिले आज देखी पहिलो चरणको आन्दोलन शुरु गरी जनताले सास्ती खेप्न बाध्य भएका छन ।

अन्दोलनको कार्यक्रमहरु घोषणा गरे सगै आज नेपाल नगरपालिका कर्मचारी एसोसियसन इकाई समिती इटहरीले पनी उपमहानगरपालिकाको सेवा ठप्प पारेका छन । कर्मचारीहरुको आन्दोलन भित्र चलिरहदा उपमहानगरपालिकामा सेवा लिन आएका सेवा ग्राही बाबुराम गिरी भने बाहिर बसेर गुनासो पोख्दै थिए ।

उपमहानगरपालिकामा सेवा लिन् आएका सेवा ग्राहिहरुले जनताले तिरेको कर खाएर जनतालाई नै दुख दिएको मा केन्द्रीय सरकार को ध्यान जानु पर्ने स्थानिय सोमनाथ ढकालले बाताए । उपमहानगरपालिकामा सेवा लिन् आएका ए मणी गिरी ले जनप्रतिनिधि आएको बेला झन सजिलो हुन्छ भन्ने सोछेका थियौ , जनप्रतिनिधिले जनताको गुनासो सुन्छन भन्ने आशा तियो तर यस्तो अवस्थामाजनप्रतिनिधी कोही नबोल्ने , कर्मचारीहरु समयमा अफिस नआउने आए पनि सुन्तला र बदाम खाँदै दोहोरी खेले जस्तो गरेर कार्पेट्मा बसेर सेवाग्राहिलाई दुख्ख दिएको बताएनेपाल नगरपालिका कर्मचारी एसोसियसनका केन्द्रिय उपाध्यक्ष महेश सुवेदिले हाम्रो पेशागत जीवनको सुरक्षा नै हुन नसके पछी हामीले वाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन ।

सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको आन्दोलनरत् कर्मचारीको भनाइ छ । जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐन अनुसार भर्ना गरेका कर्मचारीले समेत अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनु पर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्