करिव ७५ जनालाई रोजगार दिदै दोलखालीहरु



०३ पुस २०७५, काठमाडौं

लामो समय बिदेशमा बसेर सिकेको ज्ञान सिपलाई आफ्नै देशको बिकासका र समृद्धिकालागी उपयोग गर्ने उदेश्यले दोलखाली युवाहरुले प्रवास भिजन इन्भेष्टमेन्ट प्रा.ली खोली अहिले ७५ जना   भन्दा बढी युवाहरुले  आफ्नै देशमा रोजगारी पाइरहेका छन् । अहिले उक्त प्रवास भिजन इन्भेष्टमेन्ट प्रालीले नेपालमानै केही गर्नु पर्छ भन्ने अठोटका साथ बिभिन्न देशमा काम गरेर आर्जन गरेको ज्ञान, सिप र अनुभवलाइ नेपालको माटोमा पोखीरहेका छन् । बिभिन्न देशमा रहेका देलखालीहरु नजिक भए सामाजिक सन्जालको माध्यमबाट  ….. ।

१४ वटा देशमा रहेका दोलखाली नेपालीहरुले सामाजिक सन्जालको माध्यमबाट अन्तर्राष्ट्रिय समन्वय  समाज नाम गरेको म्यासेन्जर ग्रुप बनाए र उद्यमसिलता सम्बन्धी विभिन्न बिषयमा छलफल चलाएको र नेपालमा नै केही काम गर्ने सोच तथा त्यस प्रकारको चिन्ता व्यक्त भएको उक्त संस्थाका सस्थापक अध्यक्ष हरी खत्रीले बताउछन् ।

अन्तर्राष्ट्रीय समन्वय समाज दोलखाको स्थापना विधिवतरुपमा दर्ता भएर आए पछि ३५ जना मिलेर बनाएको प्रवास भिजन इन्भेष्टमेन्टले अहिले निर्माण व्यबसायमा हात हालेको छ । स्थापना भएको छोटो समयमा नै उक्त कम्पनीले  अहिले सम्म १२० वटा घरहरु निर्माण गरीसकेको संस्थाका  महासचिव कुमार श्रेष्ठले परिवर्तन खवरलाई बताए । उनले भने, हामीले लगानी  लगभग ७५ लाख रहेको छ ।  अहिले दैनिक ज्यालादारी मजदुरहरुले ३०–४० हजारसम्म मासिक रुपमा कमाईरहेका छन् ।

यस संस्थामार्फत इन्टरलग ईटाहरु जर्मन प्रविधिबाट निर्माण हुन्छन् ।

यस ईटाको माग उत्पादनको तुलनामा बढि रहेको संस्थाका महा–सचिब कुमार श्रेष्ठले बताए । यो संस्थाले भूकम्प प्रतिरोधी लोड बेरिङ घर, आरसीसी घरहरु निर्माण गरिरहेको छ । उनहिरले निर्माण गरिरहेको निर्माण सामग्रीको या यो इटा वातावरण मैत्रीरहेको सस्थाको भनाई छ  भने बजारमा यही प्रकारको इटा झण्डै १२ रुपैया कम रहेको छ ।

यो कम्पनी ले निर्माण सामग्री अन्य सप्लायर्सहरुको तुलनामा सस्तो रहेको सस्थाको दाबी छ ।

दक्ष जनशक्ति उत्पादन गर्नकालागि यो संस्थो तालिम समेत दिईरहेको छ । यस कम्पनिले आफ्नो लगानीको दायरालाई बढाउँदै आगामी दिनमा प्रोजेक्ट २ अन्त्र्गत होटल, रेष्टुरेन्टमा लगानी गर्ने तयारी गरिरहेको छ, भने तेस्रो प्रोजेक्टअन्तर्गत कृषि क्षेत्रमा लगानी गरि धेरै भन्दा धेरै रोजगारी दिनका लागि योजना बनाईरहेको महा सचिव श्रेष्ठ बताउछन् ।  आगामी दिनमा यो सस्थालाई गती दिन यसको सेयर मुलयमा बृद्धि गराउनका लागि सस्थाले विभिन्न योजना बनाइरहेको श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्