यि हुन् संसारमै सबै भन्दा पहिला छोरीलाई स्तनपान गराउने एक पिता ..!



०३ पुष २०७५, वासिंगटन

अमेरिकाको विस्कोन्सिनमा एक परिवारमा यसै वर्षको जुन २६ मा एक शिशुको जन्म हुँदै थियो । अस्पतालको त्यो रात आमाका लागि खासै फरक त थिएन तर पितालाई भने कसैले सोच्नै नसक्ने घटना भए ।

एप्रिल न्युबर्सको प्रशव त्यति सामान्य थिएन, किनभने उनको रक्तचाप अत्यन्त उच्च थियो। उनी लामो समयदेखि प्री–एक्लेन्पसियाबाट पीडित थिइन्। यो रोग गर्भवती महिलालाई हुने गर्छ। प्रसुतीको क्रममा उनको अवस्था अत्यन्त नाजुक भएकाले शल्यक्रिया गर्नुपर्ने पर्यो।

राति एप्रिलले छोरीलाई जन्म दिइन्। छोरीको नाम रोजेली राखे। जन्मदा रोजेलीको तौल ३ दशमलव ६ किलो थियो। तर छोरीको जन्मपछि एप्रिललाई अर्को स्वास्थ्य समस्या शुरु भयो। उनलाई थप उपचारका लागि अर्को कक्षमा पठाइयो। यो सबै यति छिटो भयो, उनले आफ्नी नवजात छोरीलाई काखमा पनि लिन पाइनन्।

ेआमा नभएपछि नर्सले बच्चा उनका पिता म्याक्समिलियनलाई सुम्पिन्। छोरी बोक्न पाएपछि भावुक भएका पिता म्याक्समिलयनले भने– ‘नर्सले हाम्रा राम्री छोरी लिएर आइन्। हामी नर्सरीअगाडि गयौं। म एक ठाउँमा बसेको थिएँ र आफ्नो सर्ट फुकालेको थिएँ, ताकी उसको स्पर्श महशुस गर्न सकूँ।

नर्सले बच्चालाई केही दिनुपर्ने र औंलाले दूध पिलाउनुपर्ने बताइन्। कम्तिमा यो शुरुआत गर्नुपर्ने उनले जोड दिइन्।

‘त्यसपछि नर्सले मसँग आफ्नो छातीमा एक निप्पल लगाएर स्तनपान गराउन चाहनुहुन्छ भन्ने प्रश्न राखिन्। म यो प्रयास गर्न तयार भएँ र हुन्छ भनें’ –उनले बताए।

नर्सले एक ट्युबको मद्दतबाट एक प्लास्टिक निपल मेरो छातीमा टाँसिदिए। यो ट्युब फर्मुला मिल्कले भरिएको एक सिरिन्जसँग जोडिएको थियो। मैले कहिल्यै यस्तो गरेको थिइनँ र कहिल्यै पनि यस विषयमा सोचेको पनि थिएनौं। म कुनै बच्चालाई स्तनपान गराउने पहिलो व्यक्ति बनँे। ‘मेरो सासुले जब यो देखिन, उनले विश्वासै गर्न सकिनन्।’ –उनले घटनालाई विस्तारपूर्वक बताए।

प्रतिक्रिया दिनुहोस्