मुस्ताङमा पहिलो पटक खिचियो र्याप गीत



०३ पुष २०७५, काठमाडौँ

नेपाल संगीतले भरिएको देश हो । नेपाल बहु सांगितिक देश पनि हो । त्यसैले पनि यहाँ धेरै थरीका गीतहरु बन्ने गर्छन् । कसैले लोकदोहोरी त कसैले आधुनिक अनि कसैले र्याप त कसैले फिल्मी । तर सबैले गीतसंगीतलाई निकै माया गर्ने गर्छन् । त्यसैले पनि नेपालको कुना कुनामा संगीतप्रेमीहरु भेटिन्छन् ।

त्यहि संगीतप्रेमीको भिडमा संगीतमा भविष्य खोजिरहेका युवक छन् गुन्डे । काठमाडौँमा जन्मि हाल पोखरामा बसोबास गर्दै आएका गुन्डे चाडैँ नै आफ्नो नयाँ गीत लिएर दर्शकमाझ आउँदै छन् । सानैदेखि र्याप गीत गाउन रुचाउने गुन्डेले चोखो माया बोलको र्याप गीत चाडैँ नै बजारमा ल्याउँदैछन् । यो भन्दा पहिले पनि केहि बर्ष अघि उनले एक म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

गुन्डेको र्याप गीत उनले आफ्नो लागि निकै विशेष भएको बताएका छन् । र्याप गीतको इतिहासमा नेपालमै पहिलो पटक सुन्दर क्षेत्र मुस्ताङको कागबेनीमा  उक्त गीतको छायांकन गरिएको हुनाले यो गीत दर्शकका लागि पनि विशेष बन्ने देखिन्छ ।

सन्तोष लामा सोनुव्यासको शब्द र संगीत रहेको चोखो माया बोलको गीतमा नवराज न्यौपाने र गुन्डे स्वयम्को आवाज रहेको छ भने गीतलाई बिनोद रसाइलीले संयोजन गरेका हुन् । त्यस्तै उक्त गीतलाई अमित नेपालीले खिचेका हुन् । गीतको भिडियोमा गुन्डे र अरुणा योञ्जन लामालाई देख्न सकिन्छ । गीतलाई सन्तोष लामा सोनुब्यासले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्