जेलभित्रै छिनाले आफ्नो लिंग…जहाँ एक छोरीको बलात्कारी वावुले!!



भारतमा एक अभियुक्त बलात्कारले आफ्नै लिंग छिनालेका छन् । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।

कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् ।गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् ।

यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् । अदालतले उनलाई जमानतमा छाड्ने आदेश दिएपनि शर्त पूरा गर्न नसक्दा उनी जेलमुक्त हुन सकेका छैनन् ।

बलात्कारीलाई आक्रोसित समुदाय तथा स्वयं पीडित महिलाले नै लिंग काटेर सजाय दिने घटना नौलो नभएपनि यो घटना सम्भवतः नौलो नै हो ।

प्रतिक्रिया दिनुहोस्