नेपाल सेन्ट्रल हाई स्कुल जडिबुटीमा सामुदायिक प्रहरी र बिद्यालयबिच सम्पर्क समिती गठन



०३ पुस २०७५, काठमाडौं

सामुदायीक प्रहरी साझेदारी अवधारणा अन्तर्गत उक्त सम्पर्क समिती गठन गरिएको हो । उक्त समितीले विद्यालयमा जनचेतनामुलक काम गर्दछ ।

साईवर क्राइम, ट्राफिक नियम, लागूपदार्थ दुर्व्यसनी बिरुद्धको जनचेतनामुलक कार्यक्रम तथा बाल यौन दुर्व्यबहार बारे यो समिति क्रियाशिल रहने कोटेश्वर सामुदायीक प्रहरीका प्रहरी सहायक निरीक्षक राजेन्द्र पुजाराले बताए ।

समितिमा ९ जना रहने र वार्षिक क्यालेण्डर निर्माण गरी जनचेतनामुलक कार्यक्रमहरु गर्ने प्रहरी सन्तोषी खड्काले बताईन् । सोही समितिको निर्णयानुसार संयोजकमा नेपाल सेन्ट्रल हाई स्कूलका प्रधानाध्यापक सूर्य बहादुर भण्डारी सदस्य सचिवमा प्रसनी राजेन्द्र पुजारा सदस्यहरुमा खेलकुद शिक्षक सलिना श्रेष्ठ, अभिभावकबाट एल एन धमला, लक्ष्मी पाठक, विद्यार्थीबाट मोनिका फुयाँल, श्रवण घिमिरे, मनिस भण्डारी  र नमिता श्रेष्ठ रहेका छन् ।

नेपाल सरकारले यो कार्यक्रमलाई २०७५ कात्तिक ११ गतेबाट लागु गरेको थियो ।  हाल सम्म कोटेश्वरमा ७ वटा स्कुलमा समिति गठन गरेको जानकारी प्रसनी राजेन्द्र पुजाराले बताए  ।

प्रतिक्रिया दिनुहोस्