शहीद स्मारक ए डिभिजन लिग : खेलको पहिलो हाफमा मनाङलाई अग्रता, च्यासल प्रयासरत



०३ पौष २०७५, काठमाडौं

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत अहिले भईरहेको खेलको पहिलो हाफमा मनाङ मर्स्याङ्दीले अग्रता पाएको छ ।

सातदोबाटोस्थित एन्फा टेक्निकलमा चलिरहेको खेलको पहिलो हाफमा मनाङले च्यासललाई १–० ले अग्रता पाएको हो । जितलाई आफ्नो पक्षमा पार्ने दाऊमा मैदान उत्रेका टोलीहरु अहिले आक्रामक ढंगबाट प्रस्तुत भईरहेका छन् ।

यसअघि भएको खेलमा एपीएफले मछिन्द्रलाई ३–१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्