‘फेमिडोम’, तथा यसलाई प्रयोग गर्ने विधि, यस सम्बन्धि जानकारीहरु–



०३ पौष २०७५, काठमाडौं

फेमिडोम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक परिवार नियोजनको अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो । यसलाई फेमिडोम को नामले पनि चिनिन्छ ।

यसको प्रयोग एकदमै सरल र सजिलो छ । यौन सम्पर्कको समयमा महिलाले यो योनि भित्र लगाउनु पर्ने हुन्छ । यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन ।

सामान्य पुरुष कण्डमको तुलनामा यसको मुल्य धेरै पर्ने भएकाले यो विकसित देशहरुमा मात्र बढि प्रयोगमा आएको छ । नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै भएको पाइँदैन यद्धपी यसको प्रयोग दर बढदो क्रममा रहेको सरोकारवालाको दावी छ ।

महिला कण्डमले पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउँन मद्धत गर्छ ।

तर, प्रयोग कमीले गर्दा कतिपयले यसको प्रयोग गर्नै समेत जानेका हुँदैनन् । महिला कण्डमको प्रयोग कसरी गर्ने त्यसको भिडियो यहाँ प्रस्तुत छ ।

महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक परिवार नियोजनको अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो ।

यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । यसको प्रयोग एकदमै सरल र सजिलो छ यौन सम्पर्कको समयमा महिलाले यो योनि भित्र लगाउनु पर्ने हुन्छ ।

यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन । सामान्य पुरुष कण्डमको तुलनामा यसको मुल्य धेरै पर्ने भएकाले यो विकसित देशहरुमा मात्र बढि प्रयोगमा आएको छ ।

महिला कन्डमले पनि पुरुष कन्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एच. आई.भी. सङ्क्रमण हुनबाट बचाउदछ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ ।

यस कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । नेपालमा महिला कन्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध छ । बजारमा महिला कन्डम फेमिडोम, भी—अमोर ब्रान्डमा उपलब्ध छ ।

छाला सँगै मिल्दोजुल्दो पदार्थबाट तयार गरिने कण्डम तथा अन्य गर्भनिरोधक साधनहरुले आगामी वर्षहरुमा ठूलै तहल्का मच्चाउने अनुमान गरिएको छ ।

यस्तो प्रकारको कण्डम तथा गर्भनिरोधक साधन परिवार नियोजनमा महिलाहरुको भूमिका सुनिश्चित गर्नमा निकै सहयोगी सावित हुने विश्वास गरिएको छ ।

माइक्रोसफ्टका संस्थापक तथा पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा समेत आफ्नो फाउण्डेसनमार्फत आर्थिक दान गरिरहेका विश्वका नम्बर एक अर्वपति विल गेट्सका अनुसार उनको फाउण्डेसनले यस्तो विशेष गर्भनिरोधक उत्पादनमा काम गरिरहेको छ ।

बिल एण्ड मिलिण्डा गेट्स फाउण्डेसनले यस्तो गर्भनिरोधक सामाग्री उत्पादनमा काम गरिरहेको परियोजनामा आर्थिक सहयोग गरिरहेको बताइएको छ ।

अर्को वर्षसम्म उक्त महत्वपूर्ण परियोजनाले सार्थक रुप पाउने र बजारमा महिला गर्भनिरोधक पातलो कण्डम तथा अन्य विशेष गर्भनिरोधक सामाग्री समेत आउने विश्वास गरिएको छ ।

फाउण्डेसनका अनुसार अहिले यस्तो परियोजनामा काम भैरहेको छ जसले महिलाहरुलाई थप यौन तथा प्रजनन अधिकारका साथै प्रसस्त विकल्प समेत प्रदान गर्नेछ ।

मिलिण्डाका अनुसार उनको फाउण्डेसनले महिलाका लागि कण्डमसँगै अन्य विभिन्न गर्भनिरोधक प्रविधिको आविष्कारमा समेत काम गरिरहेको छ ।

गर्भनिरोधकको त्यस्तो विशष साधन महिलाले आफ्नो गुप्तांगमा प्रयोग गर्न सक्ने र त्यो परिवार नियोजनका लागि समेत काम लाग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्