आफ्नो रिसेप्सनमा पूर्वप्रेमी रणवीर कपुर नआएको बारे दिपिकाले मुख खोलिन्



०३ पुष २०७५, काठमाडौँ

बलिउड नायिका दिपिका पादुकोण र रणवीर सिंहले यहि नोभेम्बरमा इटालीमा लगन गाठो कसेका हुन् । विवाहपछि उनीहरुले मुम्बईमा भव्य रिसेप्सन पार्टि पनि दिएका थिए । उक्त रिसेप्सन पार्टिमा धेरै बलिउड सेलेब्रेटिको उपस्थिति रहेको थियो । तर रिसेप्सनमा दिपिकाका पूर्वप्रमी रणवीर कपुर भने उपस्थित भएका थिएनन् ।

हालैमात्र दिपिकाले यस विषयमा एक अन्तवार्तामा मुख खोलेकी छिन् । दिपिका र रणवीरको ब्रेकअप भएपछि पनि उनीहरु एकअर्काका मिल्ने साथी रहेको बताएका थिए । त्यसैले पनि रणवीर दिपिकाको रिसेप्सनमा आउने धेरैले अनुमान गरेका थिए । दिपिकाले रणवीर चलचित्रको सुटिङमा व्यस्त भएको कारण नआएको बताइन् । साथै उनले रणवीर र उनको मित्रताको यहि कुरा विशेष लाग्ने बताइन् कि एक अर्काको कुरा सजिलै बुझ्न सकिन्छ ।

रणवीरसँगै आलिया भट्ट पनि दिपिकाको रिसेप्सनमा आएकी थिइन् । अहिले नायिका आलिया भट्ट र रणवीर कपुर एक अर्काको प्रेममा रहेको कुरा त सबैलाई थाहा नै छ । आलिया पनि रणवीरसँगै सुटिङमा व्यस्त भएकाले रिसेप्सन पार्टिमा नआएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्