सुरक्षित गर्भपतन सेवा पहुचयोग्य हुनुपर्नेमा जोड



०२ पुष २०७५, काठमाडौँ

रुओन नेपालद्वारा आयोजित सुरक्षित गर्भपतन सेवा सम्बन्धि संचारकर्मीसँग भएको अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरुले सुरक्षित गर्भपतन सेवा पहुचयोग्य हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै संयोजक संझना पहाडीले गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्न संचारकर्मीहरुलाई आग्रह गर्दै उनले भनिन्, ‘ सबै किसिमका विषयहरुलाई सञ्चार माध्यममार्फत जानकारी गराउँनु पत्रकारको कर्तव्य हो, तर संवेदनशील विषयका बारेमा अझै गम्भिर बनेर सूचना सम्प्रेषण गरिदिनुहोस् भन्ने हाम्रो आग्रह हो ।’

कार्यक्रमका सहजकर्ता सन्तोष भण्डारीले नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन भएको जानकारी गराउदै देशका ग्रामीण भेगमा सुरक्षित गर्भपतन सम्बन्धि जानकारी नभएको तथा असुरक्षित गर्भपतनका कारण अकालमा धेरै महिलाहरुको ज्यान जोखिममा रहेको बताए ।

भण्डारीले हालैको जानकारी अनुसार ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराईएको अवस्था रहेको बताउदै ४२ प्रतिशतले मात्रै सुचिकृत स्वास्थ्य संस्थामा पुगेर सुरक्षित गर्भपतन गराएको डाटाले देखाएको बताए ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित सञ्चारकर्मीसँग भएको गोष्ठीमा नेपालको सुरक्षित गर्भपतन सेवासम्बन्धी जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्