कृषिप्रधान देश नेपाल, अनि यहि देशमा बसोबास गरेका पौरखी नेपाली, : एक सफल कृषकको कथा !



०२ पौष २०७५, काठमाडौं

बौद्ध जोरपाटी अनि गोकर्ण भई दक्षिण दिशातिर केही समयको ड्राईभपछि एउटा स्वच्छ तथा सफा वातावरण देख्न पाईन्छ । सुन्दर अनि हरियाली दृश्य, आफ्नो छातीलाई उच्च पारेर ढप्प बसेको एउटा सुन्दर ठाँउ, जहाँ पुगेपछि नरमाउने मानिस विरलै होलान् ।

जुन ठाँउ हो,,,,,,,,, सुन्दरीजल टेकनटार बागमतीफाँट,

जुन ठाँउ पुगेपछि यस्तो लाग्छ, अनि संकोच लाग्छ, यो त कतै साक्षत स्वर्ग त होईन ? भनेर,,,,,,,,,,,

चारैतिरबाट जंगलले घेरिएको ठाँउ, ढपक्क बसेको जमिनको सुन्दरता अनि हावाको वयेलीले त जो–सुकैको मनलाई नतानिरहँन पक्कै पनि सक्दैन नै ।

हेर्दा लाग्छ, त्यो ठाँउ सबै कुरामा सम्पन्न छ । त्यहाँको वातावरणको जस्तै त्यहाँको जमिनको उर्वरापनले पनि मानिसलाई लोभ्याई नै रहेको हुन्छ ।

यानकी, जोकोही पनि आकर्षित भईहाल्छन् । त्यहाको वातावरण प्रती । जसमा पनि नेपाल एक कृषिप्रधान देश, त्यहीँ देशमा बसोवास गरेका परिश्रमी नेपाली,,,,,,,

त्यसै बुढापाकाले भनेका हुन् त ? जस्तोलाई त्यस्तै, ढिडोलाई निस्तै भनेर ? बागमतीफाँट एउटा यस्तो ठाँउ हो, जुन ठाँउको जमिनको उर्वराशक्ति नै विशेष अरुभन्दा पनि,,,,,,,,

फेरी त्यो पनि संयोग लाग्छ, जुन ठाँउमा बसोवास गर्छन, नेपालकै पौरखी अनि सक्रिय कृषक ।

वि. स. २०३९ सालमा नुवाकोटको एक गाँऊ अनि साधारण परिवारमा जन्मिएका ईश्वर केसी, जो अहिले काठमाडौंको सुन्दरीजलस्थित बागमतीफाँटमा कुशल कृषकका रुपमा स्थापित छन् ।

वि. स. २०५६ सालमा एस. एल. सीं पास गरेपछि आफ्नो जीवनलाई सार्थकता प्रदान गर्ने क्रममा व्यवसायमा जीवन खोजिरहेका केसीले नुवाकोटमै होटल व्यवसाय गरेर बसे ।

२० वर्ष लामो नुवाकोटको व्यवसायले उनको जीवनका खासै केही परिवर्तन गर्न सकेन । बिडम्बना,,,,,,,,, त्यससँगै २०७२ बैसाख १२ को भूकम्पले आफ्नो घरलाई तहस–नहस पारेपछि घरको भग्नावशेष छोडर काठमाडौं छिरेका केसी घुम्दै अहिले एक सफल कृषक बन्न पुगेका हुन् ।

काठमाडौं छिरेपछि पनि काठमाडौं बौद्धस्थित महांकालमा होटल व्यवसायलाई नै अविछिन्न रुपमा सुरु नगरेका पनि होईनन् उनले । तर, कहाँ जान्छस् हराउने, विलाउनेको फेदमा भनेझैं, हातमा शुन्य शुन्य लागेपछि काठमाडौंको दक्षिणी दिशातिर गएर एक कुशल तरकारी उत्पादक बनेका उनी अहिले भने, आरामसँग जीवनलाई व्यतीत गर्दै छन् ।

वि. स. २०६० सालबाट वैवाहिक जीवनमा बाँधिएका उनीसँग अहिले सन्तानका रुपमा २ छोराहरु पनि छन् । मासिक रुपमा रु. ६० हजारदेखि ७० हजारसम्म आम्दानी गर्ने केसी अहिले भने केही प्रगतिका काममा हात लम्क्याएछु भन्ने ठान्छन् ।

उनी भन्छन्, ‘दुःख त भईहाल्छ नी, तर आम्दानी पनि रामै नै छ । यही हो जीन्दगी खान पुगेको छ, लाउन पुगेको छ, माग्नु परेको छैन । छोराछोरीको लागि खर्च धान्न गाह्रो भएको छैन । पहिले जे जस्तो भएपनि अहिले आएर खुसी छु ।’

बागमतीफाँटमा १० रोपनी जग्गा खरिद गरि तरकारी उत्पादन व्यवसाय सुरु गरृेका उनलेृ अहिले भने वार्षिक रुपमा ७ लाखभन्दा माथि ईन्कम गर्छन् ।

च्याउ, सिमी, बोडी, धनीयाँ, फर्सी, काउली, खोर्सानी, बकुला, लसुन, चम्सुर, पालुङ्गो, रायोको साग, केराऊ तथा अन्य सबै किसिमको तरकारी तथा फुलफुलका किसिमहरु पाईने उनको त्यो तरकारी फर्मले काठमाडौंको आधा भू–भागलाई ओगटेको छ ।

विशेषगरि, जमल तथा कालिमाटि निर्यात गर्ने उनको कहिलेकाहीँ भने फर्ममै आर्यात गर्न आउने उनी बताउँछन् । सुरुमा करिब १० लाखको लागतमा सुरु गरेका तरकारी खेतीसँगै माछापालन समेतलाई अगाडी बढाईरहेका उनी अहिले ढुक्कसँग भन्न सक्छन् की, यो मेरो परिश्रमको फल हो भनेर,,,,

नेपाल एक कृषिप्रदान देश, जहाँ असंख्य कृषकहरुको बसोबास रहेको छ । नेपाललाई धेरै मान्छेले भन्छन्, कृषिबाट नै नेपालको आर्थिक पक्षलाई माथि उठाउन सकिन्छ ।

तर, नेपालमा अहिले ‘प्रधान्मन्त्री कृषि आधुनिकिकरण’ जस्तो परियोजना विस्तार हुँदै गर्दा पनि कृषकहरुलाई भने, कमै प्रायोरिटी भएको पाईन्छ ।

त्यसैले नेपाललाई कृषिको माध्यमबाट माथि उठाउनका लागि सरकारको नै ठुलो हात रहन्छ । सरकारले यस्तो खालको कृषकहरुलाई ग्रहायता दिओस्, जस–जसले व्यवसायिक रुपमा कृषिलाई अगाँलेका छन् ।

जय देश,
शुभ कृषि,

प्रतिक्रिया दिनुहोस्