‘बागी ३’ मा टाइगरको जोडि सैफअली खानकी छोरी सारा ?



०२ पुष २०७५, काठमाडौँ

टाइगर श्राफ बलिउडका निकै चर्चित अभिनेता हुन् ।  अधिकांशले उनको डान्सको सबैभन्दा धेरै प्रशंसा गर्ने गर्छन् । चलचित्र हिरोपन्ती बाट बलिउडमा आएका टाइगरलाई परिचित भने चलचित्र बागी ले बनायो । चलचित्र बागी बक्सअफिसमा सफल साबित भएपछि टाइगरको पनि हाइप बढेको हो ।

बागी सफल भएपछि यसका निर्माताले बागी २ पनि बनाए ।  बागी २ मा पनि टाइगर नै मुख्य भूमिकामा देखिएका  थिए । बागी मा टाइगरको जोडिको रुपमा श्रद्धा कपुर देखिएकी थिइन् भने बागी २ मा दिशा पटानी उनको साथमा देखिएकी थिइन् । अब बागी ३ पनि बन्ने भएको छ । बागी ३ को लागि टाइगर निकै मेहेनत गरिएका छन् ।

बागी ३ मा टाइगरसँग बलिउडमा भर्खरै डेब्यु गरेकी नायिका सारा अली खानको जोडि जम्ने भारतीय मिडियाले जानकारी गराएका छन् । साराले आफ्नो पहिलो चलचित्र केदारनाथ बाट निकै प्रशंसा कमाएकी सारालाई बलिउडमा अब राज गर्ने नायिकाको रुपमा हेरिएको छ । भारतीय मिडियाले बागी ३ मा सारा र टाइगर हुने बताए पनि चलचित्र निर्माण टिमले यस विषयमा जानकारी गराएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्