एभरेष्ट प्रिमियर लिग : चरणको अन्तिम खेलमा विराटनगर र काठमाडौंबीच प्रतिस्पर्धा हुँदै



०२ पौष २०७५, काठमाडौं

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज लिग चरणको अन्तिम खेलमा साविक विजेता विराटनगर र काठमाडौं किग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदै छ ।

टियु क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि सुरु हुने खेलमा विराटनगरलाई प्लेअफमा पुग्नका लागि जित्नै पर्ने हुन्छ । यदी विराटनगर पराजित भएमा चितवन टाइगर्सको भाग्य चम्किने छ । काठमाडौं भने यसअघि नै प्लेअफमा पुगि सकेको छ ।

आजको खेलमा जित हात पारे काठमाडौं क्वालिफायर्स राउन्डमा प्रवेश गर्ने छ र फाइनल प्रवेशको लागि ललितपुर प्याट्रिएटससँग प्रतिस्पर्धा गर्ने छ । पराजित भएमा इलिमिनेटर राउन्डमा काठमाडौं प्रवेश गर्ने छ । त्यसकारण पनि विराटनगरलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने दाउमा काठमाडौं रहेको छ ।

ललितपुर क्वालिफायर्स राउन्डमा प्रवेश गरिसकेको छ भने भैरहवा पनि प्लेअफमा पुगि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्