‘हजार जुनी सम्म’ को आइटम गीतमा दिपा र स्वस्तिमाको यस्तो लुक्स



०१ पुष २०७५, काठमाडौँ

नायिका स्वस्तिमा खड्का अहिलेकी निकै व्यस्त र डिमाण्डेड अभिनेत्री हुन् । उनी हाल विकास आचार्यको चलचित्र हजार जुनी सम्म मा व्यस्त छिन् । चलचित्र हजार जुनी सम्म को यहि शनिबार बाट छायांकन  सुरु गरिएको छ । सुरुमा चलचत्रिको एक आइटम गीतको छायांकन गरिएको छ । उक्त गीतमा अहिलेकी चर्चित निर्देशक दिपाश्री निरौलालाई फिचरिङ गरिएको छ ।

भर्खरै मात्र चलचित्रको सुटिङ बाट केहि फोटो सार्वजनिक भएका छन् । उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, आर्यन सिग्देल, शिवहरि  पौडेल लगायतका कलाकारलाई देख्न सकिन्छ । उक्त गीतको भिडियोमा दिपा भट्टी साहुनी बनेकी छिन् भने गीतमा उनको नाम शर्मिला रहेको छ । दिपाले आफूलाई गीत निकै मन परेकाले यो आइटम गर्न तयार भएको बताइन् ।

विकासले चलचित्र हजार जुनी सम्म लाई २०७६  सालको  भदौ १३ मा रिलिज गर्ने तयारी भएको बताएका छन् । चलचित्रको अधिकांश छायांकन सिक्किममा हुने विकासले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्