इङ्लिस प्रिमियर लिग : युनाइटेड माथि लिभरपुलको रोमाञ्चक जित



०२ पौष २०७५, काठमाडौं

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित दर्ता गरेको छ । गत राति भएको लिगको १७औं खेलमा लिभरपुलले आफ्नो घरेलु मैदानमा पाहुना टोली युनाइटेडमाथि ३–१ को जित निकालेको हो । यो जितपछि लिभरपुल पुनः अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

लिभरपुललाई मत्त्वपूर्ण जित दिलाउन जरदान शाकिरीले २ तथा लागि साडियो मानेले १ गोल गरे । युनाइटेडका जेसे लिंगार्डले १ गोल फर्काए । शाकिरीले दोस्रो हाफमा बेन्चबाट आएर सनसनीपूर्ण प्रदर्शन गर्दै २ गोल हानेका हुन् । आफ्नो घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि खेलको २४औं मिनेटमा मानेले गोल गरेका थिए । तर, खेलको ३३औं मिनेटमा लिंगार्डले गोल गरेर खेल बराबरी बनाएपछि पहिलो हाफमा १–१ मा सकियो ।

त्यसपछि दोस्रो हाफमा शाकिरी चम्किए । खेलको ७०औं मिनेटमा नाबी केटियाको स्थानमा मकैदान छिरेका उनले मैदान छिरेको ३ मिनटमै गोल गरेर टोलीलाई २–१ को आग्रता दिलाए । त्यसपछि खेलको ८०औं मिनेटमा शाकिरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्