पर्यटन प्रवद्र्धनका लागि मानाभरा महोत्सव शुरु



०२ पुष २०७५, ताप्लेजुङ

ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रथम मानाभरा महोत्सव शुरु भएको छ । आगामी पुस ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आइतबार प्रदेश नं १ का प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङले उद्घाटन गर्नुभयो । महोत्सवमा पुरुष, महिला फुटबल, पुरुष भलिबललगायतका खेलकूद प्रतियोगिता सञ्चालन हुनेछन् ।

फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा शुरु भएको महोत्सवको दोस्रो दिन आज अन्छङ्बो, सबेन्हिम, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडामा पूजापाठ गर्ने र नजिकै रहेको वाग्मा पोखरीको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । यस्तै महोत्सवमा विभिन्न जातजाति तथा समुदायको संस्कृति झल्काउने झाँकीलगायतका प्रर्दशनीसमेत प्रस्तुत भइरहेका छन् ।

मानाभरा, वाग्मा पोखरी, विश्व किराँत लिम्बूहरुको शीर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर, जिन्दाक छ्योसाङ गुम्बा जिल्लाका धार्मिक पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रहरु पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल मानिए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा छन् । यिनै क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले समेत महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्