कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद देवकोटोको आपत्ति



०१ पुस २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य, अनेमसंघको कार्यबाहक अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य गोमा देवकोटाले घर भएर पनि घरभाडा लिएको भनी कान्तिपुर दैनिकमा छापिएको समाचारको खण्डन गर्दै संसद सचिवालयले माफी माग्नुपर्ने बिज्ञप्ती मार्फत बताएकी छिन् ।

आफुले गत जेठमा फिर्ता गरेको रकम लिएको भनी चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएकी हुन् । संसद सचिवालयमा सम्पत्ति विवरण सबैभन्दा पहिला बुझाउँदा मैले मेरो सम्पुर्ण विवरण बुझाएको छु । त्यस विवरणमा मेरो काठमाडौंमा मेरो घर भएको जानकारी गराएको थिएँ । अझ कानुन अनुसार मैले मेरो गृह जिल्ला जाँदा आउँदा पाउने सुविधा समेत लिने नगरेको जानकारी परिवर्तन खबरलाई बताईन् ।

संसद सचिवालयले भनेको विवरण उपलव्ध गराउँदा गराउँदै र सचिवालयको कमजोरीले गर्दा केही महिना घरभाडा वापतको रकम उनको खातामा जम्मा भएको र पछी २०७५ जेठ महिनाबाट उक्त रकम समेत उनले फिर्ता गरिसकेको अवस्थामा घरभाडा लिनेको नाममा सांसद देवकोटाको नाम जोडेर चरित्र हत्या गरिएकोमा उनले गम्भिर आपत्ती जनाएकी छिन् ।

पञ्चायत कालमा हत्या गरिएका शहिद ऋषिराज देवकोटाकी धर्मपत्नी जसले समाज रुपान्तरणको संकल्प सहित करिब चार दशक लामो राजनीतिक यात्रा तय गरिसकेकी छिन् । उनको निष्ठालाई धमिल्याउने उद्देश्यले प्रकाशित भ्रमपूर्ण समाचार प्रति दु:ख व्यक्त गरेकी छिन् ।

सांसद देवकोटाद्वारा जारी प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्